
ग्वालपाड़ा, 05 नोभेम्बर (हि.स.)। असमको ग्वालपाड़ा जिलल्ला अधिनस्थ पश्चिम माटिया क्षेत्रमा एउटा विशालकाय जङ्गली हात्तीले एउटा आवासीय घरलाई भत्काइदियो। हात्तीको यस घटनालाई क्यामरामा कैद गरिएको छ।
जानकारी अनुसार पश्चिम मटिया क्षेत्रमा अहिलेघरि 70-80 वटा हात्तीहरूको एउटा विशाल झुण्डले डेरा हालेर बसेको छ जसले गर्दा स्थानीय मानिसहरू आतङ्कित भएका छन्।
जङ्गली हात्तीहरूको लगातार उत्पातबाट स्थानीय मानिसहरू दिन-रात आतङ्कित भएर बाँच्य बाध्य भइरहेका छन्। हात्तीहरू आवासीय क्षेत्रमा पसेका कारण मानिसहरूको ज्यान र माल दुवैमाथि जोखिम मड़ारिरहेको छ।
घरलाई हात्तीले क्षतिग्रस्त बनाएको घटनापछि स्किथानीय मानिसहरू झन् डराएका छन्। ग्रामीणहरूले हात्तीहरूको निरन्तर विचरणको कारणले आफ्नो सुररक्षाप्रति चिन्ता व्यक्त गरेका छन्।
उल्लेखनीय छ, धान पाकेपछि त्यसको सुगन्धले हात्तीहरूलाई आकर्षित गर्दछ। त्यसै पनि हात्तीमा सुँघ्ने शक्ति बढ़ी हुन्छ। त्यसैले अहिलेघरि क्षेत्रमा जङ्गली हात्तीहरूको निरन्तर उपस्थिति देखिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा