
नयाँ दिल्ली, 05 नोभेम्बर (हि.स.)। दिल्लीको चावड़ी बजार क्षेत्रमा बिहीवार बिहान एउटा निर्माणाधिन भवनको एक भाग अचानक भत्केर झऱ्यो। यस दुर्घटनामा दुई जना मानिसहरूको मृत्यु भयो भने अन्य एकजना गम्भीर रूपमा घाइते भएका छन्। घटनाको सूचना पाउनसाथ बचाउकर्मीहरू घटनास्थलमा पुगे।
दिल्ली पुलिस अनुसार यो घटना चावड़ी बजार मेट्रो स्टेशन नजिकै पैवलान क्षेत्रमा भएको हो जहाँ आज बिहान एक निर्माणाधिन तीन तले भवन भत्कियो। दुर्घटनाको सूचना पाए लगत्तै उनको टीम र राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ)- को टीम घटनास्थलमा पुग्यो जसले अवशेषहरूलाई हटाएर भित्र फसेका मानिसहरूलाई बाहिर निकाल्यो। यस अवधि घटनास्थलबाट शवलाई पनि उद्धार गरियो। अवशेषहरूको खोजी कार्य पूरा भइसकेको छ। यस दुर्घटनामा अहिलेसम्ममा दुई जना मानिसहरूको मृत्यु भइसकेको छ। दुर्घटनामा घाइते एकजना व्यक्तिलाई अस्पतालमा भर्ती गरिएको छ।
एकजना प्रत्यक्षदर्शीले बताए, बिहान लगभग 9 बजे ठूलो आवाज सुनेर यहाँ बस्ने सबै मानिसहरू बाहिर निक्लेर भाग्न थाले। बाहिर निक्लेपछि उनीहरूले देखे, नजिकैको एउटा भवन भत्किएको थियो। बितेका लगभग चार महिनादेखिको यहाँ काम भइरहेको थियो। यो भवन लगभग तीन तलेसम्म तयार भइसकेको थियो। दुर्घटनामा हुँदा केही मानिसहरू यहाँ उपस्थित थिए। पुलिस र बचाउकर्मी आउनअघि नै स्थानीय मानिसहरूले बचाउ कार्य शुरू गरिसकेका थिए। हाल दुर्घटनाको कारण पत्तो लगाउन जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा