पीएम श्री जेएनवी फुदोङको विकासका लागि विभिन्न समितिको बैठक सम्पन्न
पीएम श्री जेएनवी फुदोङको विकासका लागि विभिन्न समितिको बैठक सम्पन्न


मङ्गन, 05 नोभेम्बर (हि.स.)। मङ्गनस्थित पीएम श्री जवाहर नवोदय विद्यालय (जेएनवी), फुदोङको समग्र विकासलाई लक्षित गर्दै विद्यालय प्रबन्धन समिति (वीएमसी), विद्यालय सल्लाहकार समिति (वीएसी) तथा जिल्ला स्तरीय अनुगमन समिति (डीएलएमसी) को बैठक ४ नोभेम्बर, २०२६ मा सम्पन्न भएको छ। बैठक मङ्गनका एसडीएम सन्दीप कुमारको अध्यक्षतामा सम्पन्न भयो।

बैठकमा पीएम श्री जेएनवी फुदोङका प्रधानाध्यापक मन्धाता सिंह सिसोदियाले शैक्षिक उपलब्धि, खेलकुद तथा अतिरिक्त क्रियाकलापलगायत विभिन्न क्षेत्रमा विद्यालयले हासिल गरेका उपलब्धिबारे जानकारी गराए। उपस्थित सबै सदस्यहरूले विद्यालयको प्रगतिप्रति प्रशंसा व्यक्त गरे।

बैठकमा विद्यालयको समग्र विकाससँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषयमा छलफल गरिएको थियो। यसअन्तर्गत वार्षिक स्वास्थ्य शिविर सञ्चालन, विद्यालय पुग्ने सडकको स्तरोन्नति, एलपीजी ग्यासको निर्बाध आपूर्ति, छात्रावास नजिक रहेका खुल्ला विद्युत् तारलाई भूमिगत तारले प्रतिस्थापन, बहुउद्देश्यीय हरितगृह स्थापना, खेलमैदानका उपकरण जडान तथा खुला व्यायामशालाको व्यवस्था गर्ने विषय समावेश थिए।

एसडीएम सन्दीप कुमारले सडक स्तरोन्नतिको प्रस्तावले प्रशासनिक स्वीकृति प्राप्त गरिसकेको र कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी गराए। सम्बन्धित अधिकारीहरूले विद्यालयका विभिन्न आवश्यकताहरू सम्बोधन गर्न आवश्यक सहयोग गर्ने आश्वासनसमेत दिएका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande