
सिलगढ़ी, 05 नोभेम्बर (हि.स.)। काली पूजाको उत्साहपूर्ण वातावरणमा सिलगढ़ीको मिडल पलाश क्षेत्रमा गए बुधवार राती भयानक आगलागी भएको प्रकाशमा आएको छ। यस घटनामा एउटा घरको दुई वटा कोठा जलेर पूर्ण रूपमा स्वाहा भएको छ भने परिवारका सदस्यहरू भने भाग्यले बचे। आगो लागेपछि क्षेत्रमा खैलाबैला मच्चियो। मानिसहरू भयभित भए।
जानकारी अनुसार मिडल पलाश निवासी जब्बर प्रसाद गुप्ताको घरमा गए बुधवार राती अचानक एउटा कोठाबाट धुँवासितै आगो बलिरहेको देखियो। हेर्दा-हेर्दै आगोले भयानक रूप लियो जसले नजिकैको अर्को कोठालाई पनि चपेटमा लियो।
भनिन्छ, आगो लाग्न शुरू भएको कोठामा एकजना सिक्षिका भाड़ामा बस्दै आएकी छन्। घटना घट्दा उनी आफ्नो संस्थानमा थिइन् भने घर मालिक पनि घरमा थिएनन्। स्थानीय मानिसहरू अनुसार आगलागीपछि कोठाभित्र भयानक बिस्फोटको आवाज सुनियो। शुरूआती रूपमा ग्यास सिलेण्डर पड़्केको वा एसीको कुनै भागमा विस्फोट भएको हुनसक्ने आशङ्का व्यक्त गरिएको छ।
घटनाको जानकारी पाउनसाथ घटनास्थलमा भेला भएका स्थानीय मानिसहरूले आफै पानी लगाएर आगोलाई निभाउने प्रयास गरे। सँगसँगै प्रधाननगर थाना र दमकल विभागलाई पनि सूचित गरियो। सुरक्षालाई मध्यनजर गर्दै बिजुली आपूर्तिलाई पनि अस्थायी रूपमा बन्द गरियो।
सूचना पाउनसाथ दमकलका दुई वटा वाहनहरू घटनास्थलमा आइपुगे। लगभग डेढ़ घण्टाक प्रयासपछि दमकलकर्मीहरूले आगोलाई नियन्त्रित गरे। तर त्यसबेलासम्ममा दुवै कोठामा राखिएका फर्निचर, आवश्यक वस्तु तथा दस्तावेजहरू जलेर खरानी भइसकेका थिए।
प्रारम्भिक रूपमा बिजुलीको शर्ट सर्किटको कारणले आगो लागेको हुनसक्ने बताइएको छ। दमकल विभाग अनि प्रधाननगर थाना पुलिसले घटनाको जाँच गरिरहेको छ।
/ बिशाल