
मुम्बई, 05 नोभेम्बर (हि.स.)। राष्ट्रवादी कङ्ग्रेस पार्टी (एनसीपी) का अध्यक्ष एवं राज्यसभा सांसद शरद पवारको स्वास्थ्य हाल स्थिर रहेको बताइएको छ। ब्रीच क्याण्डी अस्पतालका डाक्टर प्तीक समदानीले जानकारी दिए, शरद पवारलाई खोकी र सङ्करणको समस्या भएपछि अस्पतालमा भर्ती गरिएको थियो। तथापि अब उनको स्वास्थ्य स्थिर छ।
जानकारी अनुसार शरद पवारलाई तीन दिनअघि छात्ती दुखेको र श्वास-प्रश्वासमा समस्या भएको कारणले पुणेको रूबी हल क्लीनिकमा भर्ती गरिएको थियो। उपचारपछि गए बुधवार उनलाई छुट्टी दिइएको थियो।
स्मरण गराइन्छ, एनसीपी नेतामा ब्रोन्काइटिस जस्तो लक्षण पनि पाइएको थियो। ब्रोन्काइटिस फोक्सोको श्वास सुनिनु हो जसबाट खकार जमिन्छ र सास फेर्न गाह्रो हुन्छ।
त्यसपछि मुम्बई आइपुग्नसाथ उनलाई अग्रिम चिकित्सकीय जाँच तथा उपचारको लागि ब्रीच क्याण्डी अस्पतालमा भर्ती गराइयो। अस्पतालका डाक्टरहरूले बताए, हाल उनको स्थिति स्थिर छ र चिकित्सकीय निगरानीमा उनको उपचार भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा