नारायणगढ़ हाटमा वर्षोंंपछि पुनः शुरू भयो पारम्परिक काली पूजा
तैयार हुई मा काली की प्रतिमा और अस्थायी मंदिर


पश्चिम मेदिनीपुर, 05 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको नारायणगढ़ हाट परिसरमा वर्षोंदेखि बन्द रहेको पारम्परिक काली पूजा एकपटक फेरि शुरू भएको छ। स्थानीय मानिसहरूको पहलमा अस्थाायी मन्दिर बनाएर काली पूजा शुरू गरिएको छ। वर्षौंपछि पुरानो परम्परा फर्किआएकोमा क्षेत्रका मानिसहरू हर्षित भएका छन्।

स्थानीय निवासी रामकृष्ण बेरा अनुसार पहिला नारायणगढ़ हाट परिसरमा माँ कालीको एउटा मन्दिर थियो। ग्रामीणहरूले सामूहिक रूपमा त्यहाँ पूजा आयोजना गर्थे। तर पछि हाट सञ्चालन समितिसित मतभेद भएको कारणले पूजा बन्द भयो। त्यसपछि केही वर्षसम्म यहाँ काली पूजाको आयोजन भएन।

स्थानीय ग्रामीणहरूले दाबी गरे, राज्यमा सरकार परिवर्तन भएपछि भजपा नेताहरूको सहयोगमा पुनः पूजा शुरू गर्ने पहल गरियो। यसान्तर्गत गाउँका मानिसहरूले एकजुट भएर अस्थायी मन्दिर बनाए अनि ढुङ्गाको माँ कालीको प्रतिमा स्थापना गरेर पूजा गर्न शुरू गरे।

यस सम्बन्धमा बिहीवार स्थानीय भाजपा नेता प्रद्युत भुइयाँले हिन्दुस्थान समाचार-लाई बताए, नारायणगढ़ हाटमा लामो समयदेखिकै काली पूजा हुँदै आइरहेको थियो। स्थानीय मानिसहरूले नै सामूहिक रूपमा यसको आयोजन गर्थे। तर पछिल्ला केही वर्षदेखिको पूजा हुन छोडेको थियो। ग्रामीणहरू उनीकहँ आएपछि सर्वसम्मतिले पूज पुनः शुरू गर्नमा सहयोग गर्ने निर्णय लिइयो।

उनले बताए, काली पूजाको दिन स्थायी मन्दिर स्थापना गर्ने दिशामा पहल गर्ने योजना पनि छ ताकि स्थानीय मानिसहरूले वर्षैभरि मन्दिरमा माँ कालीको पूजा-अर्चना गर्न सकुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande