बिजुलीको खम्बासित ठोक्कियो बाइक, एकजना युवकको मृत्यु
बिजुलीको खम्बासित ठोक्कियो बाइक, एकजना युवकको मृत्यु


दक्षिण सालमारा (असम), 05 नोभेम्बर (हि.स.)। दक्षिण सालमारा-मानकाचर जिल्ला शहर मुख्यालयमा भएको एक सड़क दुर्घटनामा एकजना युवकको घटनास्थलमै मृत्यु भयो भने एकजना युवक गम्भीर रूपमा घाइते भए।

पुलिसले बिहीवार बतायो, बितेको राती मानकाचर क्षेत्रमा भएको बिजुलीको खम्बासित द्रूत गतिको बाइक ठोक्कियो जसले गर्दा महिदुल इस्लामको घटनास्थलमै मृत्यु भयो भने मुस्तफिजुरलाई गम्भीर अवस्थामा उन्नत चिकित्साको निम्ति गुवाहाटी रेफर गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ। स्थानीय मानिसहरू अनुसर अँध्यारो भएको कारणले सम्भवतः यो दुर्घटना भएको हुनसक्छ।

/ बिशाल


 rajesh pande