
पश्चिम मेदिनीपुर, 05 नोभेम्बर (हि. स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदा रेलवे स्टेशनमा बिहीवार खड़गपुर-जाजपुर एक्सप्रेसबाट दुई वटा विशाल अजिङ्गरहरूलाई उद्धार गरिएको घटनाले स्टेशन परिसरमा कोकोहोलो मच्चियो। रेलवे पुलिस (जीआरपी)-ले नियमित जाँच अभियानको क्रममा दुवै अजिङ्गरलाई उद्धार गरेको हो।
जानकारी अनुसार बेलदा स्टेशनमा रेलवे पुलिसको टीमले खड़गपुर-जाजपुर एक्सप्रेसमा नियमित खोजी अभियान सञ्चालन गरिरहेको थियो। यसै अवधि पुलिसकर्मीहरूको नजर ट्रेनभित्र राखिएका दुई वटा सन्दिग्ध ढाकीमाथि पऱ्यो। शङ्का लागेपछि उक्त ढाकीको जाँच गरियो जसमा दुई वटा अजिङ्गर फेला पऱ्यो। अचानक ढाकीमा अजिङ्गर भेटिएको घटनाले पुलिसकर्मीहरू पनि सतर्क भए।
त्यसपछि दुवै अजिङ्गरलाई सुरक्षित रूपमा ट्रेनबाट बाहिर निकालियो अनि वन विभागलाई सुम्पिइयो। पुलिसले यस कुराको जाँच गरिरहेको छ कि दुवै अजिङ्गर ट्रेनभित्रकसले र कुन उद्देश्यले राखेको थियो। साथै त्यसलाई कहाँ लगिँदैथ्यो।
रेलवे स्टेशनमा ट्रेनभित्र दुई वटा विसाल अजिङ्गर भेटिएको घटनापछि यात्रीहरू र स्टेशन परिवरमा उपस्थित मानिसहरू आपस्तमा चर्चा गरेको देखियो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा