
कोलकाता, 05 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बिहीवार स्वतन्त्रता सङ्ग्रामका महान सेनानी देशबन्धु चित्तरञ्जन दासको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गरे। उनले सोशल मीडियाको माध्यमबाट देशबन्धुलाई नमन गर्दै उनको राष्ट्रप्रेम, त्याग औ स्वतन्त्रता आन्दोलनमा पुऱ्याएका योगदानलाई स्मरण गरे।
उल्लेखनीय छ, देशबन्धु चित्तरञ्जन दासको जन्म 5 नोभेम्बर, 1870-मा कोलकातामा भएको थियो। उनी भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख नेताहरूमा सामेल थिए। पेशाले वकिल रहेका चित्तरञ्जन दासले देशको स्वतन्त्रताको लागि आफ्नो सर्वस्व समर्पित गरेका थिए।। देशप्रति उनको समर्पण र योगदानको कारणले उनलाई देशबन्दुको उपाधिले सम्मानित गरिएको हो।
चित्तरञ्जन दास भारतीय राष्ट्रिय कङ्ग्रेसका प्रमुख नेताहरूमध्ये एक थिए। वर्ष 1923-मा उनले पण्डित मोतीलाल नेहरूसित मिलेर स्वराज पार्टीको स्थापना गरेका थिए। यस पार्टीको उद्देश्य ब्रिटिश शासनका नीतिहरूको विरोध गर्दै विद्यार्थी परिषदभित्र पनि स्वतन्त्रता आवाज उठाउनु थियो।
उनी महान स्वतन्त्रता सेनानी बाहेक प्रख्यात अधिवक्ता, लेखक औ कवि पनि थिए। नेताजी सुभाष चन्द्र बोसले उनलाई आफ्नो राजनीतिक गुरू मान्दथे। देशबन्धुको निधन 16 जून, 1925-मा दार्जीलिङमा भएको थियो।
देशबन्धु चित्तरञ्जन दासको जीवन त्याग, राष्ट्रसेवा औ स्वाधीनताप्रति अटुट समर्पणको प्रतीक हो। उनको जयन्तीमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले उनलाई श्रद्धापूर्वक नमन गरे।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा