
गुवाहाटी, 05 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार महान कलाकार एवं भारत रत्नद्वारा सम्मानित डा.भूपेन हजारिकाको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले असमको सांस्कृतिक धरोहरमा महान कलाकारको अतुलनीय योगदानलाई स्मरण गरे।
मुख्यमन्त्रीले आफ्नो एक सोशल मिडियामा पोस्टमा भने, डा. भूपेन हजारिकाको असमको सांस्कृतिक दुनियाँमा योगदान अतुलनीय छ। उाकी कालजयी रचनाहरू एवं मधुर सङ्गीतले असमिया जातिको पहिचानलाई वैश्विक मञ्चमा स्थापित गरे भने मानिसहरूको हृदयमा आफ्नो लागि अमेट स्थान बनाए।
उनले भने, महान कलाकारका गीतहरू एवं प्रस्तुतिहरूको साक्षी बन्नु मानिसहरूको लागि वास्तवमा परम सौभाग्यको कुरा हो।
मुख्यमन्त्रीले भने, डा. हजारिकाका रचनाहरूमा समाहित मानवता, समानता औ सद्भावको सन्देशले भावी पिँढ़ीलाई युगौंसम्म प्रेरित गरिरहनेछ। उनले महान कलाकारको अमूल्य सांस्कृतिक विरासतलाई नमन गर्दै उनीप्रति गहिरो श्रद्धा व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा