
नयाँ दिल्ली, 0५ नोभेम्बर (हि.स.)। चाड़पर्वका बेला यात्रुहरूको अतिरिक्त भीड़लाई ध्यानमा राख्दै उत्तर रेलवेले यात्रालाई सहज बनाउन अलीगढ़ र राजघाट नरौराबीच अनारक्षित विशेष रेलगाड़ी सञ्चालन गर्ने निर्णय गरेको छ। यी विशेष रेलगाड़ीहरू ९ र २४ नोभेम्बरमा दुवैतर्फ सञ्चालन गरिनेछन्।
उत्तर रेलवेका मुख्य जनसम्पर्क अधिकारी हिमांशु शेखर उपाध्यायले बिहिवार जानकारी दिँदै रेलगाड़ी सङ्ख्या ०४१८७ अलीगढ़–राजघाट नरौरा अनारक्षित विशेष रेलगाड़ी तोकिएका मितिमा अलीगढ़ जङ्क्सनबाट बिहान ५:४० बजी प्रस्थान गरी बिहान ७:१५ बजी राजघाट नरौरा पुग्ने बताए।
त्यसैगरी, रेलगाडी सङ्ख्या ०४१८८ राजघाट नरौरा–अलीगढ़ अनारक्षित विशेष रेलगाड़ी राजघाट नरौराबाट बिहान ८:१५ बजी प्रस्थान गरी बिहान ९:५५ बजी अलीगढ़ जङ्क्सन पुग्नेछ।
दुवै रेलगाडी मञ्जुरगढ़ी, हरदुआगञ्ज, सुनामई हल्ट, गोधा हल्ट, अतरौली रोड, धर्मपुर हल्ट र डिबाई स्टेशनमा रोकिनेछन्। यी विशेष रेलगाड़ीमा साधारण श्रेणीका डिब्बाहरू रहनेछन्।
रेलवेले यात्रुहरूलाई रेलगाड़ीको विस्तृत जानकारी तथा अद्यावधिक समयतालिकाका लागि राष्ट्रिय रेलगाड़ी सोधपुछ प्रणालीको वेबसाइट हेर्न वा १३९ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी