



गोरखपुर, 0५ नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष बनेपछि पहिलो पटक गोरखपुर पुगेका नितिन नवीनले बिहिवार बिहान गोरखनाथ मन्दिर पुगेर शिवावतार महायोगी गुरु गोरखनाथको दर्शन तथा पूजा-अर्चना गरेका छन्। विश्वप्रसिद्ध नाथपन्थको यस पीठमा गोरक्षपीठाधीश्वर तथा मुख्यमन्त्री योगी आदित्यनाथले भाजपा राष्ट्रिय अध्यक्षको हार्दिक स्वागत गरे।
यस अवसरमा योगी आदित्यनाथले नवीनलाई गोरखनाथ मन्दिर तथा नाथपन्थसँग सम्बन्धित जानकारी गराए। साथै, उनलाई अङ्गवस्त्र, प्रसाद र गुरु गोरखनाथको प्रतिमा प्रदान गरी सम्मान गरे। मन्दिरमा प्रसाद तथा जलपान ग्रहण गरेपछि नितिन नवीन पार्टीको कार्यक्रममा सहभागी हुन प्रस्थान गरे।
कार्यक्रममा भाजपा प्रदेश अध्यक्ष तथा केन्द्रिय वित्त राज्यमन्त्री पंकज चौधरी, केन्द्रिय ग्रामीण विकास राज्यमन्त्री कमलेश पासवान, महापौर डा. मङ्गलेश श्रीवास्तव, भाजपा राष्ट्रिय महासचिव विनोद तावड़े, प्रदेश सङ्गठन महामन्त्री धर्मपाल सिंह, प्रदेश सरकारका जलशक्ति मन्त्री स्वतन्त्र देव सिंह, सांसद रविकिशन शुक्ल, विजय दुबे, भाजपा प्रदेश उपाध्यक्ष कामेश्वर सिंह तथा विधायक विपिन सिंह लगायतको उपस्थिति थियो।
हिन्दुस्थान समाचार / भवानी थामी