जेपी नड्डाको काफिलामाथि भएको आक्रमण मामिलामा छह वर्षपछि तृणमूल नेता इमरान हसन पक्राउ
इमरान हसन


कोलकाता, 0५ नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा डायमन्ड हार्बर जाने क्रममा १० दिसम्बर २०२० मा भारतीय जनता पार्टीका तत्कालीन राष्ट्रिय अध्यक्ष जेपी नड्डाको काफिलामाथि भएको आक्रमणको घटनामा पुलिसले सफलता हासिल गरेको छ। घटनाको लगभग छह वर्षपछि उस्ती थानाको पुलिसले बुधवार अबेर राति देउलासँगैको क्षेत्रबाट तृणमूल कांग्रेसका नेता इमरान हसनलाई पक्राउ गरेको छ। उनी तृणमूल कांग्रेसका राज्यसभा सांसद अभिषेक ब्यानर्जीका निकटतम मानिन्छन्।

पक्रा परेका इमरान मगराहाट पश्चिम विधानसभा क्षेत्रका युवा तृणमूल कांग्रेसका अध्यक्ष थिए। पुलिस अनुसार, उनीमाथि नड्डाको काफिलामाथि आक्रमण गरेको आरोप मात्र नभई निर्वाचनअघि राजनीतिक विरोधीहरूलाई धम्क्याएको, कार्यकर्तामाथि अत्याचार गरेको र उनीहरूका घरमा तोड़फोड़ गरेको जस्ता गम्भीर आरोप पनि छन्। यस घटनामा पुलिसले हालै अर्का आरोपी जहाँगीर खानलाई पनि पक्राउ गरेको थियो। इमरानको गिरफ्तारीपछि अनुसन्धान अधिकारीहरूले घटनामा अरू को–को संलग्न थिए भन्नेबारे अनुसन्धान अघि बढ़ाएका छन्।

स्मरण रहोस्, साल २०२१ को विधानसभा निर्वाचनअघि राजनीतिक गतिविधि तीव्र भइरहेका बेला जेपी नड्डा जनसभालाई सम्बोधन गर्न डायमन्ड हार्बर गइरहेका थिए। उनको काफिलामा दिलीप घोष सहित केन्द्र तथा राज्यस्तरका कैयौँ नेता सहभागी थिए। डायमन्ड हार्बर जाने क्रममा शुरुमा सरिशा र त्यसपछि फलता क्षेत्रमा उनीहरूको काफिलामाथि अचानक इँटा, ढुङ्गा र लाठीले आक्रमण गरिएको थियो। यस अप्रत्याशित आक्रमणमा कैयौँ नेताका गाड़ीका सिसा फुटेको थियो भने इँटा लागेर केन्द्रिय नेता कैलाश विजयवर्गीय घाइते भएका थिए। यस घटनाले त्यसबेला राज्यको राजनीतिमा ठूलो खैलाबैला मच्चाएको थियो।

तत्कालीन तृणमूल कांग्रेस सरकारको कार्यकालमा यस घटनामा कसैलाई पक्राउ गरिएको थिएन। तर, राज्यमा सत्ता परिवर्तन भएपछि यस प्रकरणको पुनः अनुसन्धान गर्न कड़ा निर्देश दिइएको थियो। अनुसन्धान शुरु भएपछि पुलिसले सबैभन्दा पहिले मगराहाट नम्बर एक पञ्चायत समितिका लोक निर्माण विभागका कार्याध्यक्ष तौसिफ अहमद मोल्ला उर्फ बच्चु, आरिफ हुसैन र अनीसुर रहमानलाई पक्राउ गरेको थियो। उनीहरूसँगको सोधपुछका क्रममा सञ्जीव मण्डल र रिपनको नाम खुलेपछि पुलिसले उनीहरूलाई पनि नियन्त्रणमा लिएको थियो।

पुलिसले यस उच्चस्तरीय घटनामा अहिलेसम्म कैयौँ आरोपीलाई पक्राउ गरिसकेको छ। योजनाबद्ध आक्रमणका सबै कड़ी जोड्न थप कानूनी प्रक्रिया निरन्तर अघि बढ़ाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande