
नोएडा, 0५ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको गौतमबुद्धनगर जिल्लास्थित जेवर थाना पुलिसले बिहिवार बिहान हत्याको घटनामा वाञ्छित एक अपराधीलाई पुलिस भिड़न्तपछि पक्राउ गरेको छ। पुलिसको जवाबी कारबाहीमा उसको खुट्टामा गोली लागेको छ।
पुलिस अनुसार, पक्रा परेका शालू विरुद्ध चोरी, दाइजोका कारण हत्या र हत्या लगायत ११ वटा मुद्दा दर्ता छन्। बिहिवार बिहान जाँचका क्रममा पुलिसले हसनपुर जाने सड़कमा पैदल आइरहेको व्यक्तिलाई रोक्न खोज्दा उनी भागे। पुलिसले घेराबन्दी गरेपछि उसले पुलिसमाथि गोली चलाए। जवाबी कारबाहीमा उनी घाइते भए। उसलाई उपचारका लागि अस्पताल भर्ती गरिएको छ।
पुलिस अनुसार, शालूले आफ्ना अन्य सहयोगीहरूसँग मिलेर गत ८ अक्टोबरको राति जेवर थाना क्षेत्रको जहाँगीरपुर निवासी ३६ वर्षीय इमरानको गोली हानी हत्या गरेको थियो। यस घटनामा यसअघि ११ जना आरोपी पक्राउ परिसकेका छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएको थियो, जसमा आरोपीहरूले सार्वजनिक रूपमा अन्धाधुन्ध गोली चलाएको देखिएको थियो। घटनापछि क्षेत्रको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्नुका साथै स्थानीयवासीमा त्रास फैलिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी