उत्तरकाशीको गङ्गनानीमा भागीरथी नदीमा खस्यो गुजरातको कार, चार जनाको मृत्यु, दुई महिला बेपत्ता
उत्तरकाशीको गङ्गनानीमा भागीरथी नदीमा खस्यो गुजरातको कार, चार जनाको मृत्यु, दुई महिला बेपत्ता


उत्तरकाशी (उत्तराखण्ड), ०५ नोभेम्बर (हि.स.)। उत्तरकाशी जिल्लाको भटवाड़ी तहसिल क्षेत्रअन्तर्गत गङ्गनानी नजिक बिहिवार बिहान एउटा कार (इनोभा) भागीरथी नदीमा खस्यो। दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनापछि बेपत्ता भएका दुई महिलाको खोजी भइरहेको छ।

जिल्ला आपत्कालीन सञ्चालन केन्द्र अनुसार, बिहान लगभग ७ बजी गङ्गनानीमा गङ्गोत्री राष्ट्रिय राजमार्गबाट इनोभा कार भागीरथी नदीमा खसेर दुर्घटनाग्रस्त भएको हो। गाड़ीमा चालक सहित कूल सात जना सवार थिए। घटनाको जानकारी प्राप्त हुनासाथ पुलिस, राज्य आपदा प्रतिकार्य बल (एसडीआरएफ), १०८ एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा राजस्व विभागको टोली घटनास्थल पुग्यो। उद्धार टोलीले नदीबाट एक जना घाइतेलाई सड़कसम्म ल्याएको छ। उनलाई हेलिकप्टर मार्फत अन्यत्र उपचारका लागि पठाउने प्रक्रिया अघि बढ़ाइएको छ। बेपत्ता दुई महिलाको खोजी अभियान जारी छ।

प्रशासन अनुसार, मृतकमा दुई महिला र दुई पुरुष रहेका छन्। मृतकहरूको पहिचान गुजरातको सूरत निवासी ४९ वर्षीया अशोकबेन पटेल, ३९ वर्षीया सङ्गीताबेन पटेल, ३२ वर्षीय धनश्यामभाई सरवैया र २८ वर्षीय सवारी चालक सुरेन्द्र सिंह (थर अज्ञात) का रूपमा भएको छ।

घाइतेको पहिचान १७ वर्षीय वेदान्त अशोकभाई पटेलका रूपमा भएको छ। त्यस्तै, बेपत्ता महिलाहरूको पहिचान ४५ वर्षीया सुधाबेन अशोकभाई पटेल र ३४ वर्षीया किरणबेन विशालभाई पटेलका रूपमा भएको छ। जिल्ला प्रशासन, पुलिस तथा एसडीआरएफका टोलीहरू बेपत्ता महिलाहरूको खोजीमा जुटेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande