
कोलकाता, ०7 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोषले तृणमूल कङ्ग्रेसका सांसद अभिषेक ब्यानर्जीमाथि हमला गर्ने प्रयास गरिएको आरोपलाई खारेज गरेका छन्। शनिवार कोलकाताको इको पार्कमा बिहान हिँड्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले अभिषेक ब्यानर्जीको जन्मदिनको आयोजनलाई लिएर पनि कटाक्ष गरे। उनले भने, यति ठूला नेताले फुटपाथमा जन्मदिन मनाउनुको सट्टा ठूला होटलमा आयोजना गर्नुपर्थयो। उनले व्यंग्यात्मक रूपमा भने, ईँटा र ढुङ्गा फ्याँक्नुको सट्टा त्यहाँ मिठाई फ्याँक्नुपर्थ्यो।
उल्लेखनीय छ, अभिषेक ब्यानर्जीको जन्मदिनको अवसरमा गए शुक्रवार राती कालीघाट रोडमा रहेको उनको निवास अगाडि टीएमसी कार्यकर्ता एवं समर्थकहरू भेला भएका थिए। यसै समय भाजपाका कार्यकर्ताहरू त्यहाँ पुगेको आरोप लगाइएको छ। दुई पक्षबीच नाराबाजी र भनाबैरीपछि विवाद शुरू भयो जुन हेर्दाहेर्दै झड़पमा परिणत भयो। त्यसपछि अभिषेक ब्यानर्जी पनि आफ्नो घरबाट बाहिर निस्किएका थिए।
अभिषेक ब्यानर्जीले आफूलाई मार्ने उद्देश्यले केही मानिसहरू बन्दुक लिएर आएको आरोप लगाएका थिए। उनले आफ्ना समर्थकहरूले अभियुक्तलाई घटनास्थलमै समातेको दाबी गरेका थिए।
शनिवर इको पार्कमा पत्रकारहरूसँग कुरा गर्दै दिलीप घोषले यी आरोपहरूमाथि प्रश्न उठाए। उनले भने, उनलाई सम्पूर्ण घटनाको बारेमा थाहा छैन।
अभिषेक ब्यानर्जीको हत्या गर्ने प्रयासको दाबीमा दिलीप घोषले भने, यस्ता कुराहरू पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले पहिलादेखिकै गर्दै आएकी छन्। उनले भने, जब कुनै व्यक्तिलाई आफ्नो खुट्टामुनिबाट जमीन खोसिएको महसूस हुन्छ, तब उसले यस्तो भावनात्मक कुरा गर्छ।
यसै क्रममा दिलीप घोषले वामपन्थी दलहरूलाई पनि लक्षित गरे। दुर्गा पूजामा स्टलहरू तोड़फोड़ गरेको आरोपको विरोधमा वामपन्थी कार्यकर्ताहरूले घर-घरमा गएर पुस्तक पढ्ने सन्देश दिने अभियानमाथि प्रश्न उठाए। उनले भने, पश्चिम बङ्गालको शिक्षा प्रणाली समाप्त गर्नेहरूले अब मानिसहरूलाई पुस्तकहरू पढ्ने सल्लाह दिरहेका छन्। यो हाँस्यास्पद छ। उनले वामपन्थी दलहरूको पुस्तक कसले पढ्ने भन्दै प्रश्न पनि गरे।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा