
- यूथ ओलम्पिक खेलहरूमा तिर्थङ्क स्वीमिङ्गमा पदक जित्ने भारतका पहिलो पुरुष पौड़क बने
गुवाहाटी, ०7 नोभेम्बर (हि.स.)। असमका उदीयमान पौड़क तिर्थङ्क पेगुले युवा ओलम्पिकमा पुरुष 200 मीटर बटरफ्लाई प्रतियोगितामा काँस्य पदक जितेर राज्यसँगसँगै देशको सुनाम फैलाएका छन्।
मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले आज सोशल मिडियामा एउटा पोस्ट शेयर गर्दै यस अद्भुत उपलब्धिका लागि तिर्थङ्क पेगुलाई बधाई दिएका छन्। मुख्यमन्त्रीले यसलाई भारतीय पौड़ीको इतिहासमा एउटा महत्वपूर्ण उपलब्धि बताए।
मुख्यमन्त्रीले भने, तिर्थङ्क विश्वव्यापी स्तरमा पदक जित्ने पहिलो भारतीय पुरुष पौड़क बनेका छन्। उनको यस ऐतिहासिक उपलब्धिले असमका सहित सम्पूर्ण देशको गौरव बढ़ाएको छ। तिर्थङ्कको सफलताले देशका युवा एवं उदीयमान पौड़ी खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने उनले बताए।
अर्कातिर असम पौड़ी सङ्घका सचिव भास्कर दास एवं प्रचार सचिव मुकुटेश्वर गोस्वामीले आज पेगुलाई उनको उपलब्धिमा हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
उल्लेखनीय छ, भारतीय पौडी खेलको इतिहासमा नयाँ सुनौलो अध्याय थप्दै असमका पौड़क तिर्थङ्क पेगुले वर्ष 2026- को युवा ओलम्पिक खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै काँस्य पदक जितेका छन्। गत 31 अक्टोबरदेखि 13 नोभेम्बरसम्म सेनेगलको अफ्रिकी शहर डकारमा आयोजित खेलकुदको पुरूष वर्गको 200 मीटर बटरफ्लाई प्रतियोगितामा तिर्थङ्कले 2 मिनट 01.25 सेकेण्डमा तेस्रो स्थान हासिल गरे।
यस ऐतिहासिक उपलब्धिसँगै तिर्थङ्क पेगु युवा ओलम्पिक खेलकुदमा पौड़ी खेलमा पदक जित्ने भारतका पहिलो पुरुष पौड़क बनेका छन्। यस सफलताले देशमा मात्र होइन, असम र भारतीय पौडी जगतमा पनि खुशी एवं गर्वको वातावरण छाएको छ।
यस अवसरमा बोल्दै असम पौड़ी सङ्घका सचिव भास्कर रञ्जन दासले भने, तिर्थङ्कको यो प्रदर्शन भारतीय पौड़ीको लागि गौरवपूर्ण उपलब्धि हो। उनको सफलताले देशभरिका युवा पौड़कहरूलाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गर्न र ठूला लक्ष्य हासिल गर्न प्रेरित गर्नेछ।
असम पौडी सङ्घले तिर्थङ्क पेगुको यस असाधारण उपलब्धिमा हर्ष व्यक्त गर्दै उनको उज्ज्वल भविष्य र आगामी प्रतियोगिताहरूमा निरन्तर सफलताको कामना गरेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा