
गुवाहाटी, ०7 नोभेम्बर (हि.स.)। असमको दक्षिण सालमारा जिल्लाको महुरी चर (नदी किनारको क्षेत्र) मा परम्परागत डुङ्गा दौड़आयोजना गरियो। यस प्रतियोगिताको आनन्द लिनका लागि विभिन्न क्षेत्रका हजारौँ मानिसहरू भेला भएका थिए।
यस परम्परागत डुङ्गा दौड़मा 13 वटा डुङ्गाहरूले भाग लिएका थिए। यसमा मेघालयका डुङ्गाहरू पनि समावेश थिए। प्रतियोगितालाई लिएर दर्शकमा निकै उत्साह र जोश देखियो।
डुङ्गा दौड़को क्रममा दर्शकहरूले प्रतिभागीहरूलाई उत्साह प्रदान गरे। यस क्षेत्रको संस्कृति एवं परम्परासित गहिराइपूर्वक जोड़िएको यस प्रतियोगितालाई लिएर मानिसहरूमा विशेष आकर्षण देख्न पाइयो। परम्परागत डुङ्गा दौड़ स्थानीय धरोहर तथा सांस्कृतिक पहिचानको महत्त्वपूर्ण अङ्ग भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा