
गुवाहाटी, ०7 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले नयाँ दिल्लीमा आयोजना हुने भारत रत्न डा. भूपेन हजारिकाको जन्म शताब्दी समारोहको भव्य समापन समारोहमा भाग लिन चाहने मानिसहरूको पञ्जीकरणको लागि विशेष अनलाइन पोर्टल शुरु गरेका छन्।
भव्य समापन समारोह आउँदो नोभेम्बर 29- मा नयाँ दिल्लीको भारत मण्डपममा आयोजना हुनेछ।
मुख्यमन्त्रीले बताए, यस ऐतिहासिक कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिहरूले sudhakantha.assam.statedatacenter.in पोर्टल मार्फत आफूलाई पञ्जीकरण गराउन सक्नेछन्। सफल पञ्जीकरणपछि उनीहरूलाई ई-निमन्त्रणा पत्र प्रदान गरिनेछ।
दिग्गज गायक, सङ्गीतकार एवं सांस्कृतिक आइकन डा. भूपेन हजारिकाको जन्म शताब्दी समारोहको समापन समारोहमा जनताको अधिकतम सहभागिता सुनिश्चित गर्ने उद्देश्यले यो पहल गरिएको हो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा