
हुगली, ०7 नोभेम्बर (हि.स.)। दीपावलीको अवसरमा शनिवार चुन्चुराको घड़ी मोड़मा दीप वितरण कार्यक्रम आयोजना गरियो। यसमा चुन्चुराका विधायक सुबीर नागले सहभागी भएर आम जनतामा दियो वितरण गरे।
दीपावलीको खुशी एवं प्रकाशको सन्देश जन-जनसम्म फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। यस अवसरमा यस क्षेत्रमा उत्सवको वातावरण देख्न पाइयो।
यस अवसरमा विधायक सुबीर नागले सबैलाई दीपावलीको शुभकामना दिँदै भने, प्रकाशको यो शुभ पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव लिएर आओस्। अँध्यारो हहोस् र हरेक व्यक्तिको जीवन सुख अनि आशाको प्रकाशले उज्यालो होस्।
दीप वितरणको माध्यमबाट विधायकले मानिसहरूलाई दीपावलीको बधाई सहित सामाजिक सद्भाव एवं भाइचाराको सन्देश दिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा