
कोलकाता, ०7 नोभेम्बर (हि.स.)। पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको सरकारमा मन्त्री रहेका इन्द्रनील सेनका लागि समस्या बढ्दै गएको छ। दुर्गा पूजा पासको अवैध बिक्री गरेको आरोपमा पक्राउ परेका इन्द्रनीलविरूद्ध अब सरकारी टेण्डरमा ठूलो भ्रष्टाचार भएको प्रमाण फेला परेको छ। अनुसन्धानकर्ताहरूको दाबी छ, सूचना, संस्कृति र पर्यटन मन्त्रीको रूपमा उनले आफ्नो राजनीतिक प्रभाव प्रयोग गरी केवल तीन वटा विशिष्ट कम्पनीहरूलाई करोडौंको टेण्डर प्रदान गरे। अहिलेसम्मको अनुसन्धानले 150 करोड रुपियाँभन्दा बढ़ीको घोटाला भएको सङ्केत गरेको छ। कागजपत्रहरूको जाँचमा आश्चर्च पार्ने तथ्यको खुलासा गरेको छ कि सम्पूर्ण राज्यका यी तीन वटा कम्पनीहरूले मात्र यी दुई विभागहरूद्वारा जारी गरिएको 80 प्रतिशत टेण्डरमा भाग लिएका थिए जबकि कोलकातामा त्यस्ता अन्य धेरै योग्य इभेन्ट म्यानेजमेन्ट कम्पनीहरू छन्।
अनुसन्धानमा धेरै विशिष्ट उदाहरणहरू प्रकाशमा आएका छन्, जस्तै अक्टोबर, 2025- मा चन्दननगर जगद्धात्री पूजाको टेण्डरमा यी तीनवटा कम्पनीहरू सामेल भए; एउटा प्राविधिक गडबडीको कारणले बाहिरियो भने अर्कोले 445,000 रुपियाँको ठिका पायो। सोही कम्पनीहरूले फरवरी महिनामा धनधान्य अडिटोरियममा राज्य दिवस समारोहको लागि पनि बोली लगाए जसमा एउटालाई 45 लाख रुपियाँको टेण्डर प्राप्त भयो। दिसम्बर, 2024- मा बरिशा पौष पर्वको लागि चन्दननगर टेण्डरमा प्राविधिक रूपमा अस्वीकृत भएको कम्पनीलाई 39 लाख रुपियाँको ठिका दिियो। त्यसै गरी दिसम्बर, 2025- मा विष्णुपुर सङ्गीत महोत्सवको लागि त्यै कम्पनीहरूले प्रभुत्व जमाए अनि एउटा कम्पनीले 85 लाख रुपियाँको टेण्डर हासिल गऱ्यो।
उल्लेखनीय छ, इन्द्रनील लगातार नौ वर्षसम्म सूचना तथा संस्कृति मन्त्री थिए भने अन्तिम तीन वर्षमा उनले पर्यटन विभागको अतिरिक्त कार्यभार पनि सम्हालेका थिए।
अनुसन्धानकर्ताहरू अनुसार पूर्व मन्त्री यी कम्पनीहरूसँग प्रत्यक्ष रूपमा नजोड़िएको भए पनि पक्रा परेका ध्रुवज्योति बसु उपनाम 'शुभो', उनको कम्पनी 'मास आर्ट' एवं मन्त्रीको परिवारसँग यी कम्पनीहरूको वित्तीय लेनदेन रहेको बलियो प्रमाण हात लागेको छ। टेण्डर कागजपत्र अनुसार राजडाङ्गामा रहेको पहिलो कम्पनीले सूचना तथा संस्कृति विभागबाट करिब 60 करोड़ रुपियाँ अनि पर्यटन विभागबाट 4 करोड़ रुपियाँको ठिका प्राप्त गरेको थियो। हाजरा रोडको दोस्रो कम्पनीले क्रमशः 61 करोड़ रुपियाँ र 5 करोड़ रुपियाँको कन्ट्र्याक्ट पाएको थियो भने दुर्गाचरण मित्र स्ट्रीटको तेस्रो कम्पनीले 20 करोड़ रुपियाँ अनि 1 करोडभन्दा कमको कन्ट्र्याक्ट पाएको थियो। यी प्रमाणहरूको आधारमा पुलिसले 28 वटा ब्याङ्क खाताहरूबाट लेनदेन फ्रिज गरिदिएको छ।
कोलकाता पुलिसको गुप्तचर शाखाले शुक्रवार इन्द्रनीलको कस्बा निवासमा छापामारी गरेको थियो। अनुसन्धान अधिकारीहरूले घोटालाको रकम 150 करोड रुपियाँ नाघ्न सक्ने अनुमान गरेका छन्, किनकि धेरै टेण्डरहरूले बजार मूल्यभन्दा बढ़ी मूल्य देखाएको छ। यस प्रक्रियामा विभागीय अधिकारीहरूको भूमिका पनि जाँचको घेरामा छ। यसैबीच पूर्वमन्त्रीकी छोरीले पुलिसको सोधपुछमा आफ्नो कम्पनीका ब्याङ्क खाताहरू उनका बुवाले हेर्ने गरेको र पैसाको श्रोत थाहा नभएको दाबी गरेकी छिन्। यसैबीच लालबजार पुलिस मुख्यालयले इन्द्रनील सेनविरुद्ध आधिकारिक पदको दुरुपयोग गरेको आरोपमा भ्रष्टाचार रोकथाम अधिनियमका धाराहरू थप्नको लागि कानुनी सल्लाह लिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा