मुख्यमन्त्री शुभेन्दुले कोलकाता पुलिसका 309 नवनियुक्त एसआईलाई 'राष्ट्र प्रथम' र 'इमानदार' हुन निर्देश दिए
शुभेंदु अधिकारी


-नशामुक्ति एवं महिला सुरक्षाको मामिलामा 'खुल्ला छुट'

कोलकाता, ०7 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पुलिस विभागलाई कड़ा र स्पष्ट सन्देश दिँदै महिला विरुद्धको अपराध अनि नशामुक्ति सम्बन्धी मामिलाहरूमा पुलिस पूर्ण स्वतन्त्र रहेको बताएका छन्। यी दुई गम्भीर मुद्दामा काम गर्दा कुनै समस्या आएमा उनी स्वयं पुलिसको ढाल भएर उभिने उनले आश्वासन दिए। साथै मुख्यमन्त्रीले पुलिसमाथि हात उठाउँदा जेल जानुपर्ने र सरकारी सम्पत्तिमा क्षति पुऱ्याउनेबाट तीन गुणा जरीमाना असुलिने चेताउनी समेत दिए।

शनिवार कोलकाता पुलिस मुख्यालय (लालबजार)- मा आयोजित विशेष नियुक्ति पत्र वितरण समारोहमा मुख्यमन्त्रीले नवनियुक्त 309 उप-निरीक्षक (एसआई)-हरूलाई उनीहरूको नियुक्ति पत्र हस्तान्तरण गरे। आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले नयाँ अधिकारीहरूलाई 'राष्ट्र प्रथम' र 'इमानदारी'को बारेमा महत्त्वपूर्ण पाठ पढ़ाए। परिस्थिति जस्तोसुकै भए पनि राष्ट्र सधैँ सर्वोपरि हुनुपर्छ भनी उनले भने। उनले अधिकारीहरूलाई वरिष्ठहरूको निर्देशन अनुसार अनुशासनको साथमा काम गर्न, समयलाई ध्यान नदिई आफ्नो कर्तव्य पालन गर्न र भारतीय दण्ड संहिता (बीएनएस) अनुसार कर्तव्य निर्वाह गर्ने निर्देश दिए।

समारोहमा मुख्यमन्त्रीले राज्य पुलिसको चुनौतिपूर्ण कार्यको प्रशंसा गरे। 11 करोड़ जनसङ्ख्या भएको पश्चिम बङ्गालमा पुलिसले विभिन्न जटिल समस्याहरूको सामना गरिरहेको उनले बताए। उनले भने, राज्यको भौगोलिक विविधता, एकातिर पहाड़, अर्कोतिर जङ्गलमहल अनि धेरै टापुहरू, साथै भाषा, वेशभूषा अनि खानपानको विविधताबीच जनजीवनलाई सामान्य बनाइराख्ने काम पुलिसले नै गर्छ।

अधिकारीले भने, विगत केही वर्षदेखि पुलिसकर्मीहरूले पर्याप्त सुविधा र आर्थिक सुरक्षा पाउन सकेका छैनन्। यद्यपि वर्तमान सरकार पुलिसलाई आर्थिक सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको उनले आश्वासन दिए। पुलिस बलको आधुनिकीकरण तथा स्तरीय प्रशिक्षणकाो लागि असम पुलिस प्रशिक्षण शिविरसँग सम्झौता पत्र (एमओयू)- मा हस्ताक्षर गरिएको छ। यसबाहेक राज्य पुलिस र केन्द्रिय सुरक्षा निकायबीच समन्वय बढाउन पनि महत्त्वपूर्ण निर्णय गरिएको छ।

पुलिस विभागमा रिक्त पदहरूको अभावलाई स्वीकार गर्दै मुख्यमन्त्रीले भने, राज्य पुलिसमा 11,000 भर्ती भइसकेको छ, तर 46,000 पदहरू अझै खाली छन्। उनले यी रिक्त पदहरूलाई चरणबद्ध रूपमा भर्ने आश्वासन दिए।

मुख्यमन्त्रीले भविष्यमा कोलकाता पुलिसमा 6,345 महिला पुलिस कर्मचारी र 4,000 सिपाहीहरूको भर्ती गरिने जानकारी दिए। आउँदो केही महिनामा पुलिस बलमा ठूलो भर्ती हुनेछ भने नयाँ नियुक्तिको प्रक्रिया दिसम्बर-जनवरीमा फेरि शुरु हुनेछ। यसबाहेक वन विभाग र अग्निशमन विभागमा चाँडै भर्ती गर्ने आश्वासन पनि मुख्यमन्त्रीले दिए।

--------

/ बिशाल


 rajesh pande