पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपालाई लक्षित गरिन्, गुण्डागिरी गरेको आरोप
ममता


कोलकाता, ०7 नोभेम्बर (हि.स.)। कोलकाताको कालीघाट क्षेत्रमा गए शुक्रवार राती तृणमूल कङ्ग्रेसका सांसद अभिषेक ब्यनर्जीका समर्थकहरू र भाजपाका कार्यकर्ताहरूबीच भएको हिंसात्मक झड़पको घटनालाई लिएर राजनीतिक वातावरण गर्मिएको छ। घटनाको जानकारी लिन शनिवार बिहान अभिषेक ब्यानर्जीको निवासमा पुगेकी पूर्व मुख्यमन्त्री तथा तृणमूल प्रमुख ममता ब्यानर्जीले भारतीय जनता पार्टी (भाजपा)- माथि कडा आक्रमण गरिन्।

ममता ब्यानर्जीले भाजपालाई खुल्ला चुनौती दिँदै भनिन्, यदि उनीहरूमा हिम्मत छ भने उनको छात्तीमा बुलडोजर चलाएर देखाउन्। उनले कड़ा शब्दमा प्रश्न गरिन्, अबेर रातीको 3 बजे असामाजिक तत्त्वहरूलाई साथमा लिएर किन आक्रमण गरिँदैछ? उनले यो पनि आरोप लगाइन्, उनको घरको पूजामा मानिसहरूलाई सामेल हुनदेखि रोक्ने षड्यन्त्र रचिँदैछ। यही उद्देश्यले बाटो अवरुद्ध गरेर अवैध रूपमा अर्को पूजा आयोजना गरिँदैछ।

स्मरण गराइन्छ, गए शुक्रवार रातीदेखि नै कालीघाट क्षेत्रमा यी दुई राजनीतिक समूहबीच रोकिँदै झड़प हुँदै आइरहेको छ। अभिषेक ब्यानर्जीका समर्थकहरू र स्थानीय भाजपाका कार्यकर्ताहरूबीच चर्को बहस, झगड़ा एवं ढुङ्गा-मुड़ा जस्ता घटनाहरूले क्षेत्रमा ठूलो तनाउ सृजना गरेको छ। डायमण्ड हार्बरका सांसद अभिषेक ब्यानर्जीले आफ्नो कार्यालयमा पनि उपद्रवीहरूले तोड़फोड़ गरेको आरोप लगाएका छन्।

पुलिस सूत्र अनुसार हिंसात्मक झड़पमा दुवै पक्षका धेरै जना मानिसहरू घाइते भएका छन्। स्थिति नियन्त्रण गर्न र भीड़लाई तितरबितर पार्न पुलिसलाई लट्ठीचार्ज गर्नुपऱ्यो। यस घटनाको विरोधमा अभिषेक ब्यानर्जी गए शुक्रवार राती देखि नै आफ्नो घर बाहिर धरनामा बसेका थिए। यस अवधि पुलिस अधिकारीहरूसित उनको चर्काचर्की पनि भयो। भाजपा समर्थित आक्रमणकारीहरूले आफू र उनका कार्यकर्ताहरूलाई काँटी ठोकिएको लौरोले आक्रमण गरेको आरोप अभिषेकले लगाएका छन्।

धेरै सङ्घर्ष र पुलिस प्रशासनको हस्तक्षेपपछि अभिषेक ब्यानर्जीले शनिवार बिहान 6ः30 बजे आफ्नो धरना समाप्त गरी घरभित्र पसे। सांसदले बताए, उनलाई यस किसिमको हमला हुने आशङ्का व्यक्त गर्दै दुई दिनअघि सोशल मिडियामा एउटा पोस्ट गरेका थिए। यसमा लोकसभा अध्यक्षलाई पनि ट्याग गरी मामिलाको जानकारी दिएका थिए। हिंसामा उनका चारदेखि पाँच जना समर्थक गम्भीर घाइते भएको अभिषेकले दाबी गरेका छन्। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ। क्षेत्रमा तनाउलाई ध्यानमा राख्दै भारी पुलिस बललाई तैनाथ गरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande