अभिषेकको निवास बाहिर फेरि तनाउ बढ्योः ममता ब्यानर्जीले कोलकाता पुलिस कमिश्नर अजय नन्दको राजीनामाको माग गरिन्
ममता


कोलकाता, ०7 नोभेम्बर (हि.स.)। कोलकाताको कालीघाट क्षेत्रमा टीएमसी सांसद अभिषेक ब्यानर्जीको निवास बाहिर शनिवार दिउँसो फेरि तनाउपूर्ण स्थिति उत्पन्न भयो। गए शुक्रवार रातिदेखि नै यहाँ टीएमसी समर्थक अनि भाजपा कार्यकर्ताहरूबीच हिंसात्मक झड़प भइरहेको छ। शनिवार दिउँसो फेरि तनाउ बढेपछि पूर्वमुख्यमन्त्री ममता ब्यानर्जीले अभिषेकको निवासबाट बाहिर निस्केर पुलिस प्रशासनमाथि भड़ास निकालिन्। उनले कोलकाता पुलिस कमिश्नरेट अजय नन्दाको राजीनामाको माग गर्दै चेताउनी दिइन्य, दि पुलिसले उनलाई आफ्नो काम गर्न दिएन भने उनले कानुनी कारबाही गर्नेछन्।

शनिवार दिउँसो कालीघाटको पतुआपाड़ा क्षेत्रमा केही मानिसहरूले आरोप लगाउँदै विरोध प्रदर्शन गर्न शुरू गरे, अभिषेक ब्यानर्जीको जन्मदिन समारोहको कारणले सड़क अतिक्रमण गरिँदैछ। प्रदर्शनकारीहरूले माग गरे, सांसदको घर बाहिर लगाइएको पुलिसको ब्यारिकेडलाई तुरुन्तै हटाइयोस्। टीएमसी समर्थकहरूले यी प्रदर्शनकारीहरू भाजपाका कार्यकर्ता भएको आरोप लगाएका छन्।

यसैबीच शुक्रलार राती आक्रमणपछि स्थितिको जायजा लिन अभिषेकको घर पुगेकी ममता ब्यानर्जी बाहिर आइन्। उनले एउटा कुर्सीमा उभिएर हातमा माइक लिइन् अनि पुलिस प्रशासनमाथि प्रत्यक्ष आक्रमण गरिन्।

ममताले सबैभन्दा पहिले पटुआपाड़ाका स्थानीय मूर्ति निर्माताहरू अनि व्यापारीहरूलाई विश्वास पारिन्। उनले भनिन्, कालिघाटको पटुआपाड़ामा धेरैजना मानिसहरू मूर्ति किन्न आउने गर्दछन्, त्यसैले यो सुनिश्चित गर्नुपर्छ कि उनीहरूको व्यापारलाई कुनै नोक्सान नहोस्। उनले भनिन्, तपाईँहरूले कुनै प्रकारको चिन्ता नगरी आफ्नो व्यवसाय गर्नुहोस्। व्यवस्था मिलाउँदै ममताले भनिन्, अभिषेकलाई भेट्न जानेहरू सड़कको देब्रे तिरबाट जाउन् र दाहिनेतिर सवारी साधनहरूको आवागमनको लागि खुल्ला रहनेछ।

पूर्व मुख्यमन्त्रीले कडा शब्दमा भनिन्, म यहाँ छु। उनले भनिन्, अभिषेकलाई अभिवादन गर्न आउने जो कोहीलाई स्वागत छ, तर केही मानिसहरूलाई जानाजानी 'प्रलोभन' दिएर पठाइँदैछ। उनको यो सङ्केत भाजपातिर थियो।

त्यसपछि ममताले कालिघाट पुलिस स्टेशनका अधिकारीहरूलाई पनि कडा चेताउनी दिइन्, कालीघाट पुलिस स्टेशनका ओसी (अफिसर-इन-चार्ज)- ले आफ्नो घर, परिवार अनि पुलिस स्टेशनको हेरचाह गरून्। यहाँ ऐतिहासिक कालीघाट मन्दिर छ जहाँ करोड़ौं मानिसहरूले भ्रमण गर्छन्। यसलाई ध्यान राख्नुहोस्।

कालिघाटमा शुक्रवार रातिदेखि नै बिच-बिचमा झड़प भइरहेको छ। डायमण्ड हार्बरका सांसद अभिषेक ब्यानर्जीका समर्थक अनि स्थानीय भाजपा कार्यकर्ताहरूबीचको चर्को बहस, झड़प, ढुङ्गा प्रहार एवं हिंसात्मक झड़पका कारण यस क्षेत्रमा तनाउ फैलिएको छ। अभिषेक ब्यानर्जीले आफ्नो कार्यालयमा पनि तोड़फोड़ गरेको आरोप लगाएका छन्। पुलिसले स्थितिलाई नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande