
सिलगढ़ी, ०7 नोभेम्बर (हि.स.)। सिलगजढ़ी मेट्रोपोलिटन पुलिसले शहरमा ध्वनि प्रदूषण एवं परिमार्जित साइलेन्सर नियन्त्रण गर्न 'शून्य सहिष्णुता' नीति अन्तर्गत ठूलो कारबाही गरेको छ। शनिवार सार्वजनिक रूपमा एयरभ्यू मोड़मा आयोजित कार्यक्रममा ट्राफिक विभागले विभिन्न अभियानको क्रममा जफत गरेका 209 वटा मोडिफाइड साइलेन्सरहरूलाई सड़क रोलर चलाएर पूर्ण रूपमा नष्ट गरिदियो। यस अवसरमा राज्यका पर्यटन मन्त्री शङ्कर घोष र पुलिस आयुक्त सैयद वकार रजा उपस्थित थिए।
पर्यटनमन्त्री शङ्कर घोषले भने, परिमार्जित साइलेन्सरले सिर्जना गरेको कर्कश आवाजको कारण अस्पतालमा भर्ना भएका बिरामी, वृद्ध, बाल-बालिका एवं यात्रुहरूले धेरै पीडा भोग्नु पर्छ। मन्त्रीले पुलिस प्रशासनलाई कड़ा निर्देश दिएका छन्, बाइक चालकहरू मात्र नभएर त्यस्ता अवैध साइलेन्सरहरू बेच्ने वा फिट गर्ने पसल मालिकहरूविरुद्ध पनि छपामारी गरेर कड़ा कानुनी कारबाही गर्नुपर्छ। मन्त्री शङ्कर घोषले शहरको शान्ति भङ्ग गर्ने र चर्को आवाज गर्ने साइलेन्सरलाई कुनै पनि परिस्थितिमा सहन नगर्ने स्पष्ट चेताउनी दिए।
यता पुलिस आयुक्त सैयद वकार राजाले आमा-बाबुलाई कम उमेरका बच्चाहरूलाई बाइक हस्तान्तरण नगर्न र ट्राफिक नियमको कडा पालना सुनिश्चित गर्न अपील गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा