अवैध सम्बन्धका कारण कान्छो भाइले दाजुको ढुङ्गाले टाउको कुच्याएर गरे हत्या
प्रतीकात्मक छवि


नोएडा, ०७ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको नोएडामा थाना सेक्टर-३९ क्षेत्र अन्तर्गत सेक्टर-१०४ मा बस्दै आएका एक आपराधिक पृष्ठभूमिका व्यक्तिको उनका आफ्नै कान्छो भाइले अवैध सम्बन्धका कारण ढुङ्गाले टाउको कुच्याएर हत्या गरेका छन्। घटनाको उजुरी दर्ता गरी अनुसन्धान गरिरहेको पुलिसले आज आरोपीलाई पक्राउ गरेको छ।

थाना सेक्टर-३९ का प्रभारी निरीक्षक डीपी शुक्लले बताए अनुसार, सेक्टर-१०४ को हाजीपुर गाउँमा बस्ने अनिल उर्फ टेण्डी (२३) माथि उनका कान्छो भाइ शिवकुमारले गत राति ढुङ्गाले प्रहार गरी गम्भीर घाइते बनाएका थिए। अत्यन्त गम्भीर अवस्थामा उनलाई उपचारका लागि अस्पतालमा भर्ती गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भयो।

उनले बताए अनुसार, मृतकका अर्का भाइ रामकुमारको उजुरीका आधारमा घटनाको रिपोर्ट दर्ता गरी पुलिसले अनुसन्धान गरिरहेको छ।

अनुसन्धानका क्रममा मृतकका कान्छो भाइ शिवकुमारले अवैध सम्बन्धको विषयलाई लिएर ढुङ्गाले प्रहार गरी हत्या गरेको खुलेको छ।

मृतक यसअघि एटीएम तोड़फोड़ गर्ने, अवैध रूपमा लागुऔषध बिक्री गर्ने लगायत आधा दर्जनभन्दा बढ़ी आपराधिक घटनामा संलग्न रहेका थिए। उनी धेरैपटक जेल समेत गइसकेका थिए। यसैबीच मृतककी पत्नीसँग उनका कान्छा भाइको अवैध सम्बन्ध स्थापित भएको थियो। उनी जेलबाट बाहिर आएपछि यसबारे थाहा पाएका थिए। उनले यसको विरोध गरेपछि आरोपुले उक्त घटना गराएको पुलिसले जनाएको छ।

पुलिस अनुसार, पक्रा परेको आरोपीलाई आज अदालतमा पेश गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande