
हुगली, ०7 नोभेम्बर (हि.स.)। हुगली जिल्लाको उत्तरपाड़ा नगरपालिकाको 15 नम्बर वार्डस्थित एक निजी नर्सिङ्गहममा नवजात शिशुलाई झ्यालबाट बाहिर फालिएको एउटा अचम्मको घटनामा सामु आएको छ। घटनापछि यस क्षेत्रमा कोकोहोलो मच्चाएको छ। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान शुरु गरेको छ।
जानकारी अनुसार गए शुक्रवार अबेर राती पेट दुख्ने समस्या भएपछि एकजना 16 वर्षीय किशोरीलाई नर्सिङ्ग होममा भर्ना गरिएको थियो। अस्पताल सूत्र अनुसार नाबालिका हावड़ाको बासिन्दा हो।परिवारको दाबी छ, उनीहरूलाई आफ्नी छोरी गर्भवती भएको जानकारी परिवारलाई थिएन। पेटमा दुखेपछि उसलाई अस्पतालमा भर्ना गरिएको थियो। नाबालिकाकी आमाले भनिन्, मलाई विश्वास गर्नुहोस्, हामीलाई यसबारे केही थाहा थिएन। उसले पेट दुखेको गुनासो गरिरहेको कारणले उसलाई अस्पताल ल्याइएको थियो।
अर्कोतर्, नर्सिङग होम व्यवस्थापनले दाबी गरेको छ, शनिवार बिहान नाबालिका आफै बाथरुममा गएकी थिई। यसै अवधि उसले बच्चालाई जन्म दिई जसलाई झ्यालबाट बाहिर फ्याँकी।
स्थानीय युव अनुसार उसले नजिकै काम गरिरहेको थियो। अचानक माथिबाट केही झरेको चर्को आवाज आयो। घटनास्थलमा पुगेपछि उसले त्यहाँ नवजात शिशुलाई सुतिरहेको देख्यो। उसले तुरुन्तै अरूलाई बोलायो। त्यसपछि नर्सिङ्ग होमबाट एउटी नर्स बाहिर निस्किन् र बच्चालाई तुरुन्तै भित्र ल्याइन्।
नर्सिङ्ग होमकी डाक्टर सुचेता मुखोपाध्यायले बताइन्, किशोरीलाई पेट दुख्ने समस्या भएको कारणले शुक्रवार राती लगभग 1 बजेतिर भर्ना गरिएको थियो। उनको शनिवार बिहान रगत परीक्षण गरिएको थियो। पेट दुःखाई बढ्दै गएको भए पनि उनी एक्लै बाथरुम गइन् र त्यहाँ बच्चा जन्माइन्। त्यसपछि नाबालिकाले बच्चालाई झ्यालबाट बाहिर फालेको आरोप डाक्टरले लगाइन्। डा. अनुसार उनले आफ्नो गर्भावस्था लुकाउन र आफूलाई सामान्य देखाउनका लागि यस्तो गरेकी हुन्।
स्थानीय जनताले यस घटनालाई लिएर आक्रोश व्यक्त गर्दै प्रशासनसँग उचित कारबाहीको माग गरेका छन्। पुलिसले सम्पूर्ण मुद्दाको अनुसन्धान गरिरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा