
कोलकाता, ०7 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा शनिवार मौसम मुख्यतया सुख्खा र सफा रहने अनुमान छ। दक्षिण बङ्गालका विभिन्न जिल्लाहरूमा तापमानमा सामान्य ह्राससँगै बिहान-बेलुकी हल्का चिसो महसूस हुन सक्छ। अलिपुर मौसम विभाग (आरएमसी कोलकाता)- को पूर्वानुमान अनुसार हाल राज्यमा कुनै पनि ठूलो चक्रवात प्रणालीको प्रत्यक्ष प्रभाव पर्ने छैन। उत्तर-पश्चिमी हावाको प्रभावमा बिहान केही क्षेत्रहरूमा हल्का कुहिरो वा कुहिरो लाग्ने सम्भावना छ। तर दिन बित्दै जाँदा आकाश सफा र घमाइलो रहनेछ।
दक्षिण बङ्गालका कोलकाता, हावडा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, पूर्व मेदिनीपुर र पश्चिम मेदिनीपुर सहित छेउछाउका जिल्लाहरूमा सुख्खा मौसम रहने सम्भावना छ। कोलकाता र छेउछाउका क्षेत्रहरूमा अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियस अनि न्यूनतम 20 देखि 22 डिग्री सेल्सियस बीचमा रहने सम्भावना छ। मौसम विभागको पूर्वानुमान अनुसार उत्तर-पश्चिमी चिसो हावाको आंशिक प्रभावमा आगामी दुईदेखि तीन दिनमा बिहान-बेलुकी तापक्रममा हल्का ह्रास आउन सक्छ। यसले जाड़ोको प्रभाव बढाउने सम्भावना छ। बिहानको समयमा केही ठाउँमा दृश्यता पनि प्रभावित हुन सक्छ।
दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, कुचबिहार एवं अलिपुरद्वार सहित उत्तर बङ्गालका पाहाड़ी तथा मैदानी जिल्लाहरूमा पनि मौसम मुख्यतया सफा र सुख्खा रहने अनुमान गरिएको छ। सिलगढ़ी र छेउछाउका मैदानी क्हषेत्रूरमा बिहान हल्का कुहिरो लाग्न सक्छ। यद्यपि दिन घामिलो हुने सम्भावना छ। पाहाड़ी क्षेत्रमा पनि मौसम स्थिर रहने अनुमान गरिएको छ।
यसबीच आउँदो दिनमा बङ्गालको खाड़ीमा नयाँ चक्रवाती परिसञ्चरण बन्ने अपेक्षा गरिएको छ। यसको प्रभावले आगामी 10 र 11 नोभेम्बमा वरपर दक्षिण बङ्गाल तथा तटीय क्षेत्रहरूमा आंशिक बादल लाग्नसक्छ। कतिपय क्षेत्रहरूमा गर्जन सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना पनि छ। तर नोभेम्बर 7 र 8 मा राज्यभरि मौसम मुख्यतया सफा अनि सुख्खा रहने अनुमान गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा