जम्मूमा 50 वर्षीय अपाङ्ग व्यक्तिलाई मृत अवस्थामा भेटियो
जम्मूमा 50 वर्षीय अपाङ्ग व्यक्तिलाई मृत अवस्थामा भेटियो


जम्मू, 08 नोभेम्बर (हि.स.)। जम्मूमा कनाचक क्षेत्रको जसवान गाउँमा आइतवार बिहान 50 वर्षीय एकजना अपाङ्ग व्यक्ति सन्दिग्ध अवस्थामा मृत फेला परेका छन्।

एकजना अधिकारीले बताए, क्षेत्रमा एकजना व्यक्ति मृत फेला पऱ्यो जसपश्चात पुलिसले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लियो। मृत्युको वास्तविक कारण पत्तो लगाउन कानुनी औपचारिकताको लागि शवलाई अस्पतालमा पठाइएको उनले बताए। मृतकको पहिचान जसवाँ गाउँका भाग सिंहको छोरा जय सिंह (50)- को रूपमा भएको छ।

यसबीच पुलिसले घटनाको संज्ञान लिएर अनुसन्धान शुरु गरेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande