दीपावलीमा बङ्गालमा सुख्खा मौसम रहने, सोमवारदेखि केही जिल्लाहरूमा वर्षा हुने सम्भावना
साफ आसमान के बीच खिली धूप और बदलता मौसम।


कोलकाता, 08 नोभेम्बर (हि.स.)। मौसम विभागले दीपावली एवं काली पूजाको अवसरमा पश्चिम बङ्गालका जनताका लागि राहतपूर्ण पूर्वानुमान जारी गरेको छ। आइतवार राज्यका अधिकांश भागमा मौसम सुख्खा रहने सम्भावना छ। कोलकाता सहित दक्षिण बङ्गालका जिल्लाहरूमा वर्षा हुने पूर्वानुमान गरिएको छैन। यसबाट दीपावली र काली पूजाको अवसरमा पूजा पण्डाल, दीपोत्सव एवं अन्य धार्मिक कार्यक्रमहरूमा मौसमको कारणले बाधा हुने अपेक्षा गरिएको छैन।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी)- को क्षेत्रीय मौसम विज्ञान केन्द्र, अलिपुर, कोलकाताको पूर्वानुमान अनुसार पश्चिम बङ्गालमा हाल कुनै महत्त्वपूर्ण मौसम प्रणाली सक्रिय छैन। यसको प्रभावले आइतवार राज्यका अधिकांश जिल्लाहरूमा सुख्खा मौसम रहने सम्भावना छ। आकाश मुख्यतया सफा रहे पनि आंशिक बादल देखिने सम्भावना छ।

कोलकाता तथा छेउछाउका क्षेत्रहरूमा आइतवार मौसम मुख्यतया सफा रहने सम्भावना छ। दिउँसो अधिकतम तापक्रम 30-31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21-23 डिग्री सेल्सियस वरपर रहने अपेक्षा गरिएको छ। बिहान-राती हल्का चिसो अनुभव हुनसक्छ।

उत्तर एवं दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, हावडा, हुगली, कोलकाता, नादिया, मुर्शिदाबाद, बाँकुड़ा, पुरुलिया, पूर्व तथा पश्चिम बर्दवान अनि झाड़ग्राम सहित दक्षिण बङ्गालका अन्य जिल्लाहरूमा पनि आइतवार सुख्खा मौसम रहने सम्भावना छ। दीपावली एवं काली पूजाको समयमा मौसम अनुकूल हुने अपेक्षा गरिएको छ, विशेष गरी साँझ र रातमा।

तर अलिपुर मौसम विज्ञान विभागको सात दिने पूर्वानुमान अनुसार नोभेम्बर 9- देखि दक्षिण बङ्गालका केही जिल्लाहरूमा मौसम परिवर्तन हुनसक्छ। कोलकाता, हावडा, उत्तर र दक्षिण 24 परगना, पूर्व मेदिनीपुर, मुर्शिदाबाद र नादियाका केही भागहरूमा हल्का वर्षा एवं गर्जनसितै वर्षा हुने सम्भावना छ।

उत्तर बङ्गालमा दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, अलिपुरद्वार, कुचबिहार, उत्तर एवं दक्षिण दिनाजपुर अनि मालदामा आइतवार मुख्यतया सुख्खा मौसम रहने सम्भावना छ। तर नोभेम्बर 9- देखि उत्तर बङ्गालका केही जिल्लाहरूमा पनि मौसम परिवर्तन हुनसक्छ। मालदा एवं उत्तर तथा दक्षिण दिनाजपुरमा हल्का वर्षा अनि गर्जनसितै वर्षा हुने सम्भावना छ। यसबी, दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, अलिपुरद्वार र कुचबिहारका केही भागहरूमा नोभेम्बर 10 र 11- मा हल्कादेखि मध्यम वर्षा वा गर्जनसितै वर्षा हुनसक्छ।

तापक्रमको सन्दर्भमा मौसम विभागको भनाइ छ, आगामी 24 घण्टामा गाङ्गाका मैदानी पश्चिम बङ्गाल र उत्तर बङ्गालको न्यूनतम तापक्रममा कुनै ठूलो परिवर्तन हुने सम्भावना छैन। त्यसपछि आगामी तीन दिनमा तापक्रममा क्रमशः दुईदेखि तीन डिग्री सेल्सियस वृद्धि हुने सम्भावना छ। यद्यपि बिहान र अबेर राती मौसममा हल्का चिसो जारी रहन सक्छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande