मुख्यमन्त्री शुभेन्दु अधिकारीले जवान एवं अधिकारीहरूसँग दिपावली मनाए
मुख्यमंत्री शुभेंदु अधिकारी पूजा पंडाल में आरती करते हुए


मुख्यमंत्री शुभेंदु अधिकारी मिठाई खिलाते हुए


कोलकाता, ०8 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोलकाता विमानस्थलमा ड्युटीमा रहेका जवान अनि पुलिस अधिकारीहरूसँग काली पूजा र दीपावली मनाए। उनले दीप प्रज्वलन तथा मिठाई वितरण गरेर जवानहरूसँग पर्वको आनन्द बाँडे। मुख्यमन्त्रीले दिन-रात आफ्नो कर्तव्य निर्वाह गर्दै जनताको सुरक्षा सुनिश्चित गर्ने जवान र पुलिस अधिकारीहरूप्रति सम्मान पनि व्यक्त गरे।

उनले भने, देश र समाजको सुरक्षामा निरन्तर संलग्न यी बहादुर जवान अनि अधिकारीहरूको योगदान प्रशंसनीयछ जसप्रति उनी अभिवादन गर्छन्। माँ कालीको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि एवं उज्यालो कायम रहोस्।

मुख्यमन्त्रीले उत्तर 24 परगना जिल्लाको बसिरहाट क्षेत्रको हिङ्गलगञ्जस्थित बीएसएफ शिविरमा पनि देशका वीर सैनिकहरूसँग काली पूजा अनि दीपावलीको आनन्द साझा गरे। यस अवसरमा उनले जवानहरूलाई खुशीको पर्वको शुभकामना दिए।

यसको साथै हिङ्गलगञ्ज पुलिस स्टेशनले आयोजना गरेको श्री श्री काली पूजाको उद्घाटन पनि मुख्यमन्त्रीले गरे। मुख्यमन्त्रीले यस कार्यक्रम मार्फत सुरक्षा बल, पुलिस कर्मचारी अनि सर्वसाधारणसँग दीपावली मनाए।

यसअघ, राज्यका जनतालाई बधाई दिँदै मुख्यमन्त्रीले आइतवार आफ्नो सोशल मिडियामा सबैको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरे। मुख्यमन्त्रीले प्रकाशको यस पर्वमा सबैको जीवन उज्यालो हुनुपर्छ अनि हरेक परिवार सुख एवं समृद्धिले भरिएको हुनुपर्छ भने।

मुख्यमन्त्रीले माँ कालीलाई उनको कृपा तथा आशीर्वादले हरेक व्यक्तिले जीवनका बाधाहरू साथै प्रतिकूलताहरू पार गर्ने शक्ति अनि साहस पाउनुपर्छ भनी प्रार्थना गरे। उनले माँ कालीको आशीर्वादले समाजमा प्रेम, सद्भाव र एकताको भावनालाई बलियो बनाउने तथा बङ्गालभरि सुख, शान्ति, समृद्धि एवं सकारात्मकताको प्रकाश फैलाउने कामना गरे।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande