
गुवाहाटी, 08 नोभेम्बर (हि.स.)। उच्च माध्यमिक (एचएस) को अन्तिम परीक्षाको लागि आवेदन प्रक्रिया आगामी 14 नोभेम्बरदेखि शुरु हुनेछ। यसको लागि तोकिएको पोर्टलआगमी दिसम्बरसम्म खुला रहनेछ।
जानकारी अनुसार चार लाख रुपियाँसम्म वार्षिक पारिवारिक आय भएका परिवारहरूका बाल-बालिकाहरूले आवेदन फारम भर्नको लागि कुनै शुल्क तिर्नुपर्ने छैन। त्यस्ता विद्यार्थीहरूका लागि सम्पूर्ण प्रक्रिया निःशुल्क हुनेछ।
यस पहलले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई राहत दिने अपेक्षा गरिएको छ। राज्य शिक्षा विभागले एचएस फाइनल परीक्षाका लागि आवेदन फारम भर्न आवश्यक व्यवस्था सम्पन्न गरिसकेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा