
रायपुर 08 नोभेम्बर (हि.स..)। दीपावलीको शुभ अवसरमा रायपुर नगरनिगमले एउटा ठूलो निर्णय लिँदै आइतवार शहरभरि मासुको बिक्रीमाथि पूर्ण प्रतिबन्ध लगाएको छ। यस सम्बन्धमा नगरपालिका प्रशासनले गए शनिवार आदेश जारी गरेको छ।
जारी गरिएको आदेश अनुसार राजधानी रायपुरमा दीपावलीको दिन सबै मासु र मासु पसलहरू बन्द रहनेछन्। योसँगसँगै होटल अनि रेस्टुरेन्टहरूमा मांसाहारी भोजनमा पनि प्रतिबन्ध लगाइनेछ। निगम प्रशासनले सबै सम्बन्धित पसल एवं होटल मालिकहरूले अनिवार्य रूपमा निर्धारित प्रतिबन्धको पालना गर्नुपर्ने स्पष्ट पारेको छ।
प्रतिबन्ध हुँदाहुँदै पनि कुनै पसल, होटल वा रेस्टुरेन्टमा मासु बिक्री वा सेवा गरेको सिकायत वा पुष्टि भएमा सम्बन्धित सामग्री जफत गरिनको साथै सम्बन्धितअभियुक्तविरुद्ध कारबाही गर्ने चेताउनीसमेत नगरपालिका प्रशासनले दिएको छ।
नगरनिगमले सबै मासु विक्रेताहरू, होटल एवं रेस्टुरेन्ट अपरेटरहरूलाई यस आदेशलाई कड़ाईको साथमा पालना गर्ने अपील गरेको छ। दीपावलीलाई ध्यानमा राख्दै जारी गरिएको आदेशको उद्देश्य चाड़पर्वको समयमा निर्धारित प्रतिबन्धहरूको पालना सुनिश्चित गर्नु हो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा