
मुरादाबाद, ०८ नोभेम्बर (हि.स.)। मुरादाबादको मझोला थाना क्षेत्रकी एक युवतीकी फुपूले आइतवार पुलिसमा उजुरी दिँदै छिमेकी युवकले आफ्नी भतिजीमाथि दुर्व्यवहार गरेको र विरोध गर्दा काकालाई ज्यानले मार्ने धम्की दिएको आरोप लगाएकी छन्।
पुलिसले उजुरीका आधारमा आरोपी विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।
पीड़ित महिला अनुसार, उनका भाइ र बुहारीको मृत्यु भइसकेको छ र भतिजी उनीसँगै बस्दै आएकी छन्। मोहल्लामा बस्ने दीपक नाम गरेका युवकले भतिजीमाथि पटक-पटक दुर्व्यवहार गर्ने गरेको आरोप छ। धनतेरसका दिन पनि आरोपीले उनीमाथि दुर्व्यवहार गरेका थिए।
यस विषयमा भतिजीले काकालाई जानकारी गराएपछि शनिवार काकाले आरोपीलाई सम्झाउने प्रयास गरेका थिए। तर आरोपीले उनलाई ज्यानले मार्ने धम्की दिएको बताइएको छ।
त्यसपछि आइतवार पुलिसमा उजुरी दर्ता गराइएको हो।
नगर पुलिस अधीक्षक कुमार रणविजय सिंहले उजुरीका आधारमा आरोपी विरुद्ध दुर्व्यवहार र ज्यान मार्ने धम्की दिएको आरोपमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी