
श्रीनगर, ०8 नोभेम्बर (हि.स.)। श्रीनगरको व्यस्त एमए रोडमा चार जना सक्रिय आतङ्ककारीहरूको 'वान्टेड' पोस्टर टाँसिएको छ। यी पोस्टर मार्फत उनीहरूलाई खोज्नमा सहयोग गर्नको लागि जनतासित सहयोगको माग गरिएको छ भने उनीहरूको बारेमा ठोस जानकारी दिनेहरूलाई पुरस्कारको घोषणा पनि गरिएको छ।
यी पोस्टरहरूमा चार जना वान्टेड आतङ्कवादीहरू क्र्ममैले सोपोरको ब्राथ कलाँका बासिन्दा बिलाल अहमद मिर र मोहम्मद उमर मिर, बारामुल्लाको पट्टनका बासिन्दा आबिद कयुम लोन र कुलगामका बासिन्दा मोहम्मद लतिफ भटको तस्वीर पनि छ। यीमध्ये तीनजना उत्तरी कश्मीरका र एकजना दक्षिण कश्मीरका हुन्। चारैजना धेरैवटा आतङ्कवादी घटनामा संलग्न रहेका छन्।
पोस्टरहरूमा जनतालाई अपील गरिएको छ कि उनीहरूले यी वान्टेड मानिसहरूको गतिविधि वा उपस्थितिको बारेमा कुने सुइँको पायो भने साझा गरून्। यसको लागि पोस्टरमा फोन नम्बर पनि दिइएको छ। यद्यपि कुन सुरक्षा एजेन्सीले पोस्टरहरू टाँसेको हो भन्ने कुरा पोस्टरमा उल्लेख गरिएको छैन।
सूचना दिनेहरूलाई उनीहरूको पहिचान कडाइको साथमा गोप्य राखिने र सही जानकारी प्रदान गर्नेलाई ठूलो पुरस्कार दिने आश्वासन दिइएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा