पञ्जाबः एन्टी ड्रग एक्टिभिस्ट झोटाको  26 दिनपछि दाहसंस्कार
ਪਰਵਿੰਦਰ ਝੋਟਾ ਦੇ ਬੱਚੇ ਅੰਤਿਮ ਦਰਸ਼ਨ ਕਰਦੇ ਹੋਏ


चण्डीगढ, ०8 नोभेम्बर (हि.स.)। पञ्जाबको मानसामा हत्या गरिएका लागूऔषध विरोधी कार्यकर्ता परविन्दर झोटाको आइतवार दाहसंस्कार गरियो। दिपावली र बन्दी छोड़ दिवस भए पनि झोटाको अन्तिम संस्कारमा ठूलो भीड उर्लियो। जिल्ला प्रशासनद्वारा बुलिस बललाई तैनाथ गरिएको थियो। परविन्दर सिंह झोटाका जेठा छोरा र बुबाले उनको शवको दाहसंस्कार गरे। यसका लागि उनको पार्थिव शरीरलाई चकेरियन रोडमा रहेको उनको खेतमा ल्याइएको थियो।

गत 13 अक्टोबरमा लागुऔषध तस्करीको प्रतिरोध गरेकोमा केमिस्टले झोटाको गोली दागी हत्या गरेका थिए। लगभग 26 दिनपछि उनको दाहसंस्कार आज गरियो। झोटाका बुबा भीम सिंह दुई दिनदेखि भोक हड़तालमा बसेका छन्। उनले पञ्जाब सरकारलाई आफ्नो छोराको दाहसंस्कार गर्नुअघि मानसा एसएसपी वैभव चौधरीलाई स्थानान्तरण गर्ने माग गरे। उनको आरोप छ, चौधरीको लागूऔषध रोक्ने असफलताले झोटाको हत्या भएको हो। एसएसपीको स्थानान्तरण नभएसम्म उनले एक दाना पनि खाना खाने छैनन्। आइतवार छोराको अन्तिम संस्कारको क्रममा उनको स्वास्थ्य बिग्रियो।

शनिवार चण्डीगढ़को पीजीआईमा पोस्टमर्टम प्रक्रिया सम्पन्न भएपछि झोटाको शव आज बिहान 5 बजे परिवारलाई हस्तान्तरण गरिएको थियो। शव चण्डीगढबाट मनसा पुग्दासम्म मानिसहरूले अन्तिम सम्मान गरेर फुल वर्षा गरे। झोटाको पार्थिव शरीर उनको चकेरियन रोड फार्ममा ल्याइएको छ। परिवारले यहाँ अन्तिम संस्कार गरे।

/ बिशाल


 rajesh pande