यात्रु बस र पुलिसको वाहन आपस्तमा ठोक्किँदा एसएचओ सहित चार जना मानिसहरू घाइते
यात्रु बस र पुलिसको वाहन आपस्तमा ठोक्किँदा एसएचओ सहित चार जना मानिसहरू घाइते


रामबन, ०8 नोभेम्बर (हि.स.)। जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गमा रामबन जिल्लाको चन्देरकोट नजिकै ठूलो सड़क दुर्घटना भएको छ। यहाँ यात्रु बस र पुलिसको वाहन आपस्तमा ठोँक्किएर एसएचओ सहित चार जना मानिसहरू घाइते भए। दुर्घटना हुँदा भाजपा नेता सुनील शर्माको लावा लस्कर पनि त्यहाँबाट गुज्रिरहेको थियो। सबै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।

जानकारी अनुसार जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गमा चन्दरेकोट नजिकै एउटा यात्रु वाहक बस चन्दरकोट पुलिस स्टेशनको वाहनसित ठोक्कियो। त्यसबेला जम्मू-कश्मीर विधानसभामा विपक्षका नेता सुनील शर्माको लस्करलाई एस्कर्ट गर्दै वाहनहरू त्यहाँबाट गुज्रिरहेका थिए।

दुर्घटनामा चन्देरकोट एसएचओ इन्स्पेक्टर विक्की थापा र अन्य तीन जना घाइते भएका छन्। चारै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल रामबनमा लगिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande