रेवाड़ीमा अवैध पटाखाको भण्डारसितै अभियुक्त पक्राउ
पुलिस अधीक्षक हेमेंद्र कुमार मीणा


रेवाड़ी, 08 नोभेम्बर (हि.स.)। शहरको बलभद्र सराय टोलमा पुलिसले भाड़ाको घरमा छापा मारेर अवैध रूपमा राखिएको पटाखाका 108 वटा प्याकेट बरामद गरेको छ। अभियुक्तले अनुमति बिनै घरमा पटाखा भण्डारण र बिक्री गरिरहेको थियो। पुलिसले अभियुक्तलाई पक्राउ गरेको गरी उविरूद्ध विस्फोटक अधिनियम सहित विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ।

पुलिस प्रवक्ताले आइतवार बताए, गत 7 नोभेम्बरमा भड़ावास गेट चौकी पुलिसलाई बलभद्र सरायको एउटा घरमा अवैध रूपमा पटाखा भण्डारण र बिक्री भइरहेको जानकारी प्राप्त भएको थियो। सूचनाको आधारमा पुलिसको टोली घटनास्थलमा पुगेर घरमा छापा मारेको थियो। खोजीको क्रममा कार्टन र कार्डबोर्ड बक्समा पटाखा भण्डार गरिएको फेला पऱ्यो।

सोधपुछ गर्दा घरमा बस्ने व्यक्तिले आफूलाई गुरुग्राम जिल्लाका बासिन्दा माइकलको रूपमा परिचय दिए। उनी अहिले बलभद्र सरायमा भाडाको घरमा बस्दै आएका छन्। पुलिसले उनलाई पटाखाको भण्डारण र बिक्रीसँग सम्बन्धित लाइसेन्स तथा अनुमति पत्कार माग्यो, तर उनले कुनै वैध कागजहरू पेश गर्न सकेनन्।

त्यसपछि पुलिसले घरमा फेला परेका सबै पटाखा जफत गरी अभियुक्तलाई पक्राउ गऱ्यो। पुलिसले आरोपीविरुद्ध पुलिस स्टेषन सिटी रेवाडीमा मुद्दा दर्ता गरी अग्रिम कारबाही शुरु गरेको छ।

पुलिस अधीक्षक हेमेन्द्र कुमार मीनाले अवैध रूपमा पटाखा भण्डारण गर्ने र बेच्नेहरूविरुद्ध विशेष जाँच अभियान जारी रहने बताए। नियम उल्लङ्घन गर्नेहरू विरुद्ध कडा कारबाही गरिनेछ, उनले बताए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande