बहराइचः झोलामा राखिएको गोला विस्फोट, 6 जना जले, दुई जनाको अवस्था गम्भीर
हादसे के बाद मेडिकल कॉलेज में उपचार कराते घायल और मौजूद भीड़


बहराइच, 08 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशमा बहराइच जिल्लाको छोटी बजारमा गए शनिवार साँझ दिपावलीको किनमेल गर्ने क्रममा झोलामा राखिएको गोला अचानक बिस्फोट हुँदा 6 जना मानिसहरू घाइते भएका छन्। घटनापछि बजारमा आतङ्क फैलियो। वरपरका मानिसहरूको सहयोगमा सबै घाइतेहरूलाई मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ दुई जनाको अवस्था गम्भीर छ। घटनाको जानकारी पाएर घटनास्थलमा पुगेको पुलिसले जाँच शुरू गऱ्यो।

दीपावली पर्वलाई लिएर शनिवार साँझ छोटी बजारमा निकै चहलपहल भएको थियो। चाड़पर्वका लागि किनमेल गर्न बजारमा मानिसहरूको भीड उर्लिएको थियो। यसैबिच साँझ 6 बजेतिर डा. एस. पी. सिंहको क्लिनिक अगाडि झोलामा राखिएको गोला अचानक विस्फोट भयो। यस घटना 6 जना घाइते भए। दुर्घटनामा कोतवाली नगर क्षेत्रका सखैयापुरा निवासी निमेष श्रीवास्तव, अमन गुप्ता, अभिषेक श्रीवास्तव, खत्रीपुरा निवासी अमित पाण्डे र अन्य दुई जना घाइते भएका छन्।

विस्फोटको भयानक आवाज सुनेर बजारमा उपस्थित मानिसहरूमा भागदौड़को अवस्था उत्पन्न भयो। स्थानीय मानिसहरूले घाइतेहरूलाई अस्पताल पुऱ्याए । मेडिकल कलेज एवं अस्पतालमा डाक्टरहरूले घाइतेहरूको उपचार गरिरहेका छन्। डाक्टर नितिन शुक्ला अनुसार निमेश र नितिनको अवस्था गम्भीर छ।

घटनाको खबर पाएपछि नगर कोतवाल बीके मिश्र र चौकी इञ्चार्ज धीरेन्द्र कुमार पुलिस टीमसितै घटनास्थलमा पुगे। नगर कोतवाल ब्रजेन्द्र मिश्राले बताए, प्रारम्भिक जानकारीअनुसार एकजना व्यक्तिले झोलामा गोला लिएर गइरहेका थिए। यसबीच कुनै कारणले उक्त गोला विस्फोट भयो जसको चपेटमा परी छ जना जलेर घाइते भए।

पुलिसले घटनास्थल वरपरको सीसीटीभी फुटेजको जाँच गरिरहेको छ। अधिकारीहरू अनुसार अनुसन्धानपछि दुर्घटनाको कारण र गोला बोकेको व्यक्तिको बारेमा स्पष्ट जानकारी प्राप्त हुनेछ।

----------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande