
शिवसागर (असम), 08 नोभेम्बर (हि.स.)। सोशल मिडियामा माथिल्लो असमका जनताविरुद्धकथित रूपमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा पुलिसले दुई जना युवकलाई पक्राउ गरेको छ।
पक्रा परेका युवाहरूको धिमान राय चौधरी र पिङ्गल प्रत्युषको रूपमा पहिचान भएको छ। असमिया युवा मञ्चले दर्ता गरेको उजुरीको आधारमा आमगुड़ी पुलिसले दुवैलाई हिरासतमा लिएको हो।
उजुरीमा आरोप लगाइएको छ, दुवै युवाहरूले सोशल मिडियामा माथिल्लो असमका मानिसहरूका बारेमा आपत्तिजनक टिप्पणी गरेका थिए। उजुरीको आधारमा पुलिसले दुवैलाई पक्राउ गरेको छ। यस मामिलामा अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा