राजस्थानमा 15 नोभेम्बरपछि हावाको प्याटर्न फेरिनाले तापमान घट्नेछ
फाइल


जयपुर, 08 नोभेम्बर (हि.स.)। राजस्थानमा अहिले जाड़ोको प्रभाव सीमित छ भने मानिसहरूले कड़ा चिसोका लागि थप केही दिन पर्खनु पर्नेछ। जयपुरको मौसम विज्ञान केन्द्र अनुसार आगामी एक हप्तासम्म राज्यको मौसम सफा रहने सम्भावना छ। यस अवधिभरि दिउँसो अधिकांश क्षेत्रहरू घामिलो रहनेछन् भने केही शहरहरूमा अधिकतम तापक्रममा थोरै वृद्धि हुनसक्छ।

मौसमका विज्ञहरू अनुसार नोभेम्बर 15 पछि हावाको प्याटर्न परिवर्तन हुने सम्भावना छ। उत्तरी हावा मैदानी राज्यतिर सर्दै जाँदा पश्चिमी राजस्थानको तापक्रम घट्न थाल्नेछ। त्यसपछि, राज्यका अन्य भागहरूमा रातको तापक्रम बिस्तारै घट्दै जाँदा जाडोको प्रभाव बढ्न सक्छ।

हाल जाड़ोको प्रभाव राज्यका कतिपय क्षेत्रहरूमा राती देखिन थालेको छ। शेखावतीको सिकर र फतेहपुर लगायत सिरोही, उदयपुर र हिल स्टेशन माउन्ट आबुमा राती अपेक्षाकृत चिसो छ।

शनिवार सिकरमा न्यूनतम तापक्रम 12.5 डिग्री सेल्सियस रेकर्ड गरियो भने माउन्ट आबुमा 12.3 डिग्री सेल्सियस रेकर्ड गरियो।

पछिल्लो 24 घण्टामा राज्यमा दिनको उच्चतम तापक्रम बाड़मेरमा 37.6 डिग्री सेल्सियस रह्यो। जैसलमेरमा अधिकतम तापक्रम 36.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ। यसबाट स्पष्ट हुन्छ कि राज्यमा दिउँसो गर्मी अझै कायम छ जबकि केही क्षेत्रहरूमा राती चिसो महसूस हुन षुरु भएको छ।

मौसम विभागले उत्तरी हावाको प्रभाव बढ्दै जाँदा नोभेम्बरको दोस्रो हप्तापछि तापक्रम घट्ने र त्यसपछि राज्यमा जाडो बिस्तारै तीव्र हुने पूर्वानुमान गरेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande