
-प्राविधिक टोलीले मोबाइल चालु गऱ्यो , मृतक बिहारको मुजफ्फरपुरका बासिन्दा थिए
मिर्जापुर, 08 नोभेम्बर (हि.स.)। गए शनिवार राती उत्तर प्रदेशको मिर्जापुरस्थित पादरी पुलिस थाना अन्तर्गत पहाड़ा रेलवे स्टेशन नजिकै रेलवे ट्रयाकमा एकजना युवकको शव फेला परेपछि सनसनी फैलियो। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। मृतकको पहिचान उसित रहेको मोबाइल फोनको माध्यमबाट खुलासा भयो।
पुलिसले अनुसन्धानको क्रममा युवकको कब्जामा मोबाइल फोन फेला पारेको थियो। प्राविधिक टोलीले धेरै प्रयासपछि मोबाइल अन गऱेर त्यसमा उपलब्ध जानकारीको आधारमा मृतकको पहिचान खोलाउन सक्यो।
मृतकको पहिचान मुजफ्फरपुर जिल्ला (बिहार)- को पानापुर करियत थाना, हरचन्दा निवासी अन्वरका छोरा शमशाद (38)- को रूपमा भएको छ। पुलिसले परिवारलाई फोनमा सम्पर्क गरी घटनाको जानकारी दिएको छ। सूचना पाउनसाथ परिवार अबेर राती मिर्जापुर तर्फ प्रस्थान भए। युवकको मृत्युको खबर सुनेर उनको परिवार शोकमा डुबेको छ।
पहाड़ा रेलवे स्टेशन नजिकै ट्रयाकमा शव फेला परेको सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेको पादरी पुलिस स्टेशनका प्रभारी प्रदीप सिंहले बताए। प्राविधिक टोलीको सहयोगमा मोबाइल अन गरी मृतकको पहिचान गरियो। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। परिवार आएपछि अग्रिम कानुनी कारबाही हुनेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा