
ग्वालपाड़ा (असम), 08 नोभेम्बर (हि.स.)। असमको ग्वालपाड़ा जिल्लामा जङ्गली हात्तीको उत्पात निरन्तर जारी छ। हात्तीहरूको झुण्डले केही क्षेत्रहरूमा खेतमा पाकेको धानको बाली नष्ट गरिदिएको छ भने केही घरहरूलई क्षति पुऱ्याएको छ।
सिधाबारीको कालितपारा र निगम क्षेत्रका खेतहरूमा जङ्गली हात्तीहरूले व्यापक उत्पात मच्चाए। यसबाहेक हात्तीहरूले नयाँपारा गाउँका विभिन्न क्षेत्रहरूमा पाकेको धानको बालीलाई कुल्चेर ठूलो क्षति पुऱ्याएका छन्।
हात्तीहरूले गाउँका केही घरहरूलाई पनि भत्काइदिएका छन्। हात्तीको निरन्तर आक्रमणको कारणले स्थानीयहरू आतङ्कित भएका छन्। यस क्षेत्रका बासिन्दाहरूले हात्तीको आतङ्कबीच दिन बिताउन परिरहेको छ। गाउँमा जङ्गली हात्तीहरूको निरन्तर आवागमनले मानिसहरूमा डरको वातावरण सिर्जना गरेको छ।
--------
/ बिशाल