
पश्चिम मेदिनीपुर, 14 फरवरी (हि.स.)। पश्चिम बंगालको पश्चिम मेदिनीपुर जिल्लाको डेबरा क्षेत्रमा आवास योजनाको राशिबाट कथित ‘कटमनी’ लिएको मामिला सामु आएको छ। एकजना दैनिक मजदुरले स्थानीय तृणमूल नेतामाथि डर देखाएर आठ हजार रुपियाँ लिएको आरोप लगाएको छ। मामिलालाई लिएर प्रशासनले जाँच गर्ने आश्वासन दिएको छ।
प्रशासनिक सूत्र अनुसार डेबरा ब्लकको डुआ-एक ग्राम पञ्चायत अन्तर्गत इस्लामपुर निवासी इल्यास खानको ब्यांक खातामा हालैमा ‘बांगलार बाड़ी’ (आवास योजना)- को पहली किस्ताको रूपमा 60 हजार रुपियाँ जमा भएको थियो। आरोप छ, राशि खातामा आउनसाथ स्थानीय ग्राम पञ्चायत सदस्य रेहेना बीबीका पति तथा डेबरा ब्लक युवा तृणमूल कंग्रेसका सह-सभापति शेख सायरुल अलीले उनको घरमा गएर डर देखाउँदै तीन चरणमा मोठ आठ हजार रुपियाँ लियो।
इल्यास खानको आरोप छ, उनी मात्र नभएर अन्य लाभार्थीहरूबाट पनि यसरी नै पैसा लिइएको छ। उनको भनाइ छ, आरोपीले यो पनि धम्की दियो कि यदि अहिले पैसा दिएन भने योजनाको दोस्रो किस्ता खातामा जमा हुनेछैन। बारम्बार दबाव दिइएको कारणले हैरान भएर तिनले गए शुक्रवार बीडीओ कार्यालयमा लिखित सिकायत दर्ता गराए।
यस सम्बन्धमा डेबराका बीडीओ प्रियब्रत राढ़ीले भने, सिकायत प्राप्त भएको छ र मामिलाको जाँच गरी आवश्यक कारबाही गरिनेछ।
यता शेख सायरुल अलीले आरोपहरूलाई निराधार र राजनीतिक षड़यन्त्र बताए। उनले भने, ब्लक युवा सह-सभापति भएपछि कतिपय मानिसहरूले उनीविरूद्ध षड़यन्त्र रचिरहेका छन्। उनले लाभार्थीहरूलाई पञ्चायतको अनुमति लिएर घर निर्माण गर्ने सल्लाह मात्र दिएका थिए।
गए शुक्रवार अबेर साँझ राजनीतिक तनाउ बढ़्न थालेपछि यस मामिलामाथि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै घाटाल सांगठनिक जिल्ला भाजपा अध्यक्ष तन्मय दासले आरोप लगाए, तृणमूल नेताहरूद्वारा ‘कटमनी’ लिइनु कुनै नौलो कुरा होइन। अर्कोतिर घाटाल सांगठनिक जिल्ला तृणमूल अध्यक्ष अजित माइतीले भने, यदि सिकायतलाई सही पाइयो भने दोषीविरूद्ध कारबाही गरिनेछ, कसैलाई छोड़िनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा