दक्षिण पूर्व रेलवेको फसेला: अरण्यक एक्सप्रेसमा एलएचबी कोच थपिने
दक्षिण पूर्व रेलवेको फसेला: अरण्यक एक्सप्रेसमा एलएचबी कोच थपिने


कोलकाता, 14 फरवरी (हि. स.)। दक्षिण पूर्व रेलवेले यात्रीहरूको सुविधा तथा सुरक्षालाई मध्यनजर गर्दै शालीमार–भोजुडिह–शालीमार अरण्यक एक्सप्रेसमा एलएचबी (लिंक हाफम्यान बुश) कोच थप्ने निर्णय लिएको छ। यो व्यवस्था आगामी 23 फरवरी, 2026-देखि लागू हुनेछ।

गए शुक्रवार अबेर साँझ रेलवेद्वारा जारी सूचना अनुसार ट्रेन संख्या 12885 शालीमार–भोजुडिह अरण्यक एक्सप्रेस तथा ट्रेन संख्या 12886 भोजुडिह–शालीमार अरण्यक एक्सप्रेस अब एलएचबी कोचको साथमा संचालन हुनेछ। नयाँ व्यवस्थाबाट यात्रीहरूले अधिक सुरक्षित, आरामदायक औ आधुनिक यात्राको अनुभव बटुल्नेछन्।

एलएचबी कोचलाई पारम्परिक आईसीएफ कोचको तुलनामा अधिक सुरक्षित मानिन्छ। यसमा उच्च गतिमा श्रेष्ठ स्थिरता, उन्नत ब्रेकिंग प्रणाली तथा उत्कृष्ट सस्पेन्शनको सुविधा हुन्छ। यसको सातै कोचभित्र स्वच्छता, बस्ने सुविधा अनि समग्र यात्राको अनुभवमा पनि सुधार हुनेछ।

दक्षिण-पूर्व रेलवेले भनेको छ, यस परिवर्तनबाट नियमितयात्रीहरूलाई विशेष लाभ हुनेछ अनि रेल सेवाको गुणस्तर पनि बढ़्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande