
डिब्रूगढ, 14 फरवरी (हि.स.)। असमले आज ऐतिहासिक उपलब्धि हासिल गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर आएको भारतीय वायुसेनाको विमान डिब्रूगढ जिल्लाको मोरानमा वायुसेनाका विमानका लागि विशेष रूपमा तयार पारिएको राष्ट्रिय राजमार्गको आपतकालीन अवतरण पट्टीमा अवतरण गर्यो।
यस अवसरमा असमका मुख्यमन्त्री सिमान्त बिस्व सरमा, केन्द्रिय मन्त्री सर्वानन्द सोनोवाल, पबित्र मार्घेरिटा र वायुसेनाका अधिकारीहरू तथा जिल्ला प्रशासनका प्रतिनिधिहरूले प्रधानमन्त्रीको स्वागत गरे।
राष्ट्रिय राजमार्गमा भारतू वायु सेनाका लडाकु विमानहरूको भव्य एअर शो पनि आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सुखोई एमकेआई-३०, राफेल, एएन-३२ ट्रान्सपोर्ट विमान तथा एएलएच हेलिकप्टरसहित जम्मा १६ वटा विमानले आफ्नो क्षमता प्रदर्शन गरेका थिए।
कार्यक्रममा ठूलो संख्यामा स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थी तथा महिलाहरूको उपस्थिति रहेको थियो। हवाई प्रदर्शन हेरेर स्थानीयहरू मन्त्रमुग्ध बनेका थिए। एअर शोपछि प्रधानमन्त्री मोरानबाट गुवाहाटीतर्फ प्रस्थान गरे। गुवाहाटीमा प्रधानमन्त्रीले ब्रह्मपुत्र नदीमाथि बनेको छ लेनको पुलसहित विभिन्न विकास परियोजनाहरूको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी