दाँतनको जर्जर अडिटोरियमको जीर्णोद्धारलाई 12.5 लाख स्वीकृत
दाँतनको जर्जर अडिटोरियमको जीर्णोद्धारलाई 12.5 लाख स्वीकृत


पश्चिम मेदिनीपुर, 14 फरवरी (हि.स.)। जिल्लाको दाँतन दुई नम्बर ब्लक अन्तर्गत खड़रुई क्षेत्रमा वाम शासनकालको जर्जर बनेको अडिटोरियमको जीर्णोद्धारको लागि धनराशि स्वीकृत गरिएको छ। राज्यसभा सांसद साकेत गोखलेले खड़रुईस्थित अडिटोरियमको पुनर्निर्माण एवं मरम्मत कार्यको लागि लगभग 12.5 लाख रुपियाँको राशि आवन्टन गरेका छन्।

गए शुक्रवार साँझ यस आशयको जानकारी दाँतन- दुई ब्लक पञ्चायत समितिका कार्याध्यक्ष तथा ब्लक तृणमूल कंग्रेस अध्यक्ष शेख इफ्तेखार अलीले पत्रकार वार्तामा दिएका हुन्। उनले बताए, पछिल्लो लामो समयदेखिकै यो अडिटोरियमको अवस्था जर्जर भएको थियो जसले गर्दा स्थानीय मानिसहरूलाई सामाजिक, सांस्कृतिक औ सरकारी कार्यक्रम आयोजना गर्न असुविधा भइरहेको थियो।

स्थानीय सूत्र अनुसार वर्ष 2008- को वरपर वाम शासनकालमा ‘खुदीराम स्मृति भवन’ नामले लगभग 300 सीट भएको यो प्रेक्षागृह निर्माण गरिएको थियो। राज्यमा सत्ता परिवर्तन भएपछि हेरचाहको अभावमा यो भवन जर्जर बन्दै गयो। क्षेत्रवासीहरूको माग थियो, भवनको पुनरूद्धार गरी यसलाई पुनः उपयोग योग्य बनाइयोस्। यस सम्बन्धमा स्थानीय प्रशासनले राज्य सरकारलाई प्रस्ताव पठाएको थियो।

गए शुक्रवार दाँतन दुई नम्बर ब्लकका बीडीओ अभिरूप भट्टचार्य, पञ्चायत समितिका वन एवं भूमि विभागका कार्याध्यक्ष शेख इफ्तेखार अली सहित अन्य अधिकारीहरूले अडिटोरियमको निरीक्षण गरे। अधिकारीहरूले बताए, शीघ्र नै मरम्मत कार्य शुरू गरिनेछ।

राशि स्वीकृत भएकोले स्थानीय मानिसहरूमा खुशी व्याप्त भएको छ। स्थानीयहरूको मान्यता छ, अडिटोरियम पुनः संचालनमा आए सामाजिक एवं सांस्कृतिक गतिविधिहरूको आयोजनमा सहज पर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande