शेवड़ाफुलीमा तृणमूल र भाजपा कार्यकर्ताहरू भिड़िए, दुईजनाको अवस्था गम्भीर
शेवड़ाफुलीमा तृणमूल र भाजपा कार्यकर्ताहरू भिड़िए, दुईजनाको अवस्था गम्भीर


हुगली, 14 फरवरी (हि.स.)। हुगली जिल्लाको शेवड़ाफुलीमा गए शुक्रवार अबेर राती भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कंग्रेस (टीएमसी) कार्यकर्ताहरूमाझ जड़प भयो जसमा दुवै पक्षका दुईजना मानिसहरू गम्भीर रूपमा घाइते भए। दुई घाइतेहरू क्रमैले अभीजित कर्मकार( भाजपा कार्यकर्ता) औ सुरजीत सामन्त(तृणमूल कार्यकर्ता)-लाई गम्भीर अवस्थामा श्रीरामपुर वाल्श अस्पतालमा भर्ती गरिएको छ। घटनापछि भाजपा र टीएमसीमाझ आरोप-प्रत्यारोपको सिलसिला शुरू भएको छ।

भाजपाद्वारा बताइएको छ, गए शुक्रवार राती क्षेत्रको एक केमिकल कारखानाबाट भइरहेको प्रदूषणलाई लिएर भाजपा कार्यकर्ताहरू प्रबन्धनसित कुराकानी गर्न गइरहेका थिए। आरोप छ, यस अवधि राधागोविन्द पल्ली क्षेत्रमा भाजपा कार्यकर्ताहरूमाथि वैद्यबाटी नगरपालिकाको 20 नम्बर वार्डका पार्षद हरिदास पालको नेतृत्वमा बर्बर ढंगमा हमला गरियो। घटनापछि स्थानीय भाजपा कार्यकर्ताहरूको मद्दतले घाइतेहरूलाई अस्पतालमा पुऱ्याइयो। घटनाको सिकायत थानामा दर्ता गरिएको छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।

घटनाको विरोधमा स्थानीय भाजपा नेता-कार्यकर्ताहरूले शेवड़ाफुली पुलिस चौकी सामु विरोध प्रदर्शन गरे। घटनालाई लिएर क्षेत्रमा तनाउ व्याप्त भएको छ।

तथापि मामिलामाथि प्रतिक्रिया व्यक्त गर्दै आरोपी पार्षद हरिदास पालले भारतीय जनता पार्टीमाथि क्षेत्रमा अशान्ति फैलाएको आरोप लगाए। हिन्दुस्थान समाचार-लाई उनले बताए, राती भाजपा कार्यकर्ताहरूले तृणमूलले लेखेको भित्तामा भाजपाको पोस्टर टाँसिरहेका थिए। त्यसै अवधि दुई पक्षमाझ विवाद भयो। यस घटनामा सुरजित सामन्त नामक तृणमूल कंग्रेस कार्यकर्ता घाइते भएका छन् जसलाई गम्भीर अवस्थामा श्रीरामपुर वाल्श अस्पतालमा भर्ती गरिएको छ। पार्षदले भने, उनीहरू बीचमा बचाउन गएका थिए, तक हाना-हानमा दुवैलाई चोट लागेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande