
नोएडा, 14 फरवरी (हि.स.)। नोएडामा सेक्टर 49 को क्षेत्राधिकार अन्तर्गत सेक्टर 50 मा रहेको तीन मसाज पार्लरमा शुक्रवार राति पुलिसले छापा माऱ्यो। जसमा 17 युवतीको उद्धार गरियो र सात जना युवालाई पक्राउ गरियो। पुलिसले यी पार्लरहरूमा वेश्यावृत्ति भइरहेको दाबी गरेको छ।
अपर पुलिस उपायुक्त मनीषा सिंहले बताए, पुलिसलाई यी मसाज पार्लरहरूमा अनैतिक गतिविधिहरू सञ्चालन भइरहेको गुनासो प्राप्त भइरहेको थियो। यही जानकारीको आधारमा सहायक पुलिस आयुक्त राकेश सिंहको नेतृत्वमा एक टोली बनाएऱ पुलिस र ह्यूमन ट्राफिकिङ यूनिटले शुक्रवार अबेर राति तीन अलग-अलग मसाज पार्लरहरूमा एकैसाथ छापा माऱ्यो। यस अवधि तुषार, कपिल, मनीष, जितेन्द्र, गुड्डू, शनि र विकासलाई पक्राउ गरियो। घटनास्थलबाट सत्र जना युवतीहरू उद्धार गरिए। केटीहरूले पुलिसलाई बताए कि यी पुरुषहरूले उनीहरूलाई धम्की दिएर वेश्यावृत्तिमा बाध्य पारिरहेका थिए। आपत्तिजनक सामग्री र नगदी जफत गरियो।
एडीसीपी मनिषा सिंहले पुलिस यस्ता गतिविधिहरूमाथि कारबाही गर्न प्रतिबद्ध रहेको र भविष्यमा पनि यस्ता कारबाहीहरू जारी राख्ने बताइन्।
हिन्दुस्थान समाचार / भवानी थामी