
नयाँ दिल्ली, 14 फरवरी (हि.स.)। दिल्लीको गाजीपुर क्षेत्रमा शनिवार बिहान भएको एक पीड़ादायी सड़क दुर्घटनामा 76 वर्षीय बुजुर्गको मृत्यु भयो। यो दुर्घटना एनएच-24 को सर्भिस रोडमा पेट्रोल पम्प नजिक भएको हो हो जहाँ एउटा द्रूत गतिको स्कर्पियो कार अनियन्त्रित भेर फुटपाथमा चढ़्यो अनि त्यहाँ पैदल हिँड़िरहेका बुजुर्गलाई पेल्यो। पुलिसले चालकलाई घटनास्थलबाटै पक्राउ गरेको छ भने कार सवार अन्य मानिसहरू भागेका छन्।
पुलिस अनुसार बिहान लगभग 6 बजे पीसीआर कलको माध्यमबाट सूचना प्राप्त भयो। शुरूआती सूचना थाना गाजीपुरलाई दिइएको थियो, तर पछि थाना पाण्डव नगर क्षेत्रमा मामिलालाई ट्रान्सफर गरियो। पुलिसले घटनास्थलमा पुगेर देख्यो, कालो रंगको स्कर्पियो डिभाइडरसित ठोक्किएर सर्भिस रोडको फुटपाथमा चढ़ेको थियो। फुटपाथमा एकजना बुजुर्ग गम्भीर अवस्थामा लड़िरहेका थिए जसलाई तुरून्तै नजिकैको अस्पतालमा भर्ती गरियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गिरदिए। जाँचमा मृतकको पहिचान प्याक करमई (76)-को रूपमा भएको छ जो मूल रूपमा पश्चिम बंगाल राज्यको निवासी रहेको, तर वर्तमानमा गाजीपुर गाउँमा बस्दै आएको बताइएको छ। गाजीपुर फूल मण्डीमा काम गर्दै आएका करमई आफ्ना दुईजना सहकर्मीहरूसित काममा गइरहेका थिए।
प्राथमिक जाँचमा थाहा लागेको छ, स्कर्पियो मुख्य सड़क र सर्भिस रोडबीच निर्मित डिभाइडरसित ठोक्किएपछि अनियन्त्रित भयो जसले गर्दा चालकले वाहनमाथि नियन्त्रण गुमायो। कार नोएडा निवासी 26 वर्षीय श्रेय कुमारले चलाइरहेका थिए। पुलिसले उसलाई घटनास्थलमै समात्यो भने अन्य कार सवारहरू भागे। फोरेन्सिक टीमले घटनास्थलको निरीक्षण गऱ्यो। पुलिसले मामिला दर्ता गरी अग्रिम जाँच शुरू गर्को साथै भगौड़ाहरूलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा